सकिनै लाग्यो नमस्ते झरनामा ट्रष्ट ब्रिज बनाउने काम !
धनकुटा खबर । पर्यटकीय गन्तव्य धनकुटाको सागुरीगढी गाउँपालिका ६ सिम्सुवा स्थितको नमस्ते झरना आवतजावतका लागि सहज होस् भन्ने लक्षका साथ झरना नजिक निर्माण गरिदै गरिएको ट्रष्ट व्रीज बनाउने काम ९० प्रतिशत भन्दा वढी भएको छ ।

सागुरीगढी गाउँपालिकाको ५ लाख लगानीमा निर्माण गरिदै गरिएको झण्डै ३२ फुट लम्वाईको ट्रष्ट व्रीजको ९० प्रतिशत वढी काम भएको झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुको भनाई छ ।
व्रिज निर्माणको काम अब केही दिन मै सकिने र पर्यटकहरुलाई झरना आवतजावतमा थप सहज हुने उहाँले वताउनुभयो ।


