त्रिभुवन विमानस्थलको घाँसे मैदानमा दुर्घटना भएको मालिन्दो एयरको जहाज यसरी हटाइयो (भिडियो सहित)
काठमाडौं । त्रिभुवन विमानस्थलको घाँसे मैदानमा दुर्घटना भएको मालिन्दो एयरको जहाजलाई १२ घण्टापछि हटाइयो। जहाजलाई पूर्वतर्फको पार्किङमा राखिएको छ।
बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महलेसियाको लागि उडान भर्न लागेको जहाज घाँसे मैदानमा दुर्घटनाग्रस्त भएको थियो।
जहाज हटाएसँगै विमानस्थल खुलेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए। आजको लागि २४ सै घण्टा विमानस्थल खुल्ने उनले बताए।
मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ ।


