रमणिय जंगलको बीचमा रहेको धनकुटा स्थित ‘सेलेले झरना’ ओझेलमा !
धनकुटा खबर । प्रचारप्रसार र आवश्यक पूर्वाधार ब्यबस्थापन अभावमा धनकुटाको शहिद भूमि गाउँपालिका २ स्थित बुर्खामा रहेको आकर्षक प्राकृतिक झरना ओझेलमा परेको छ ।
स्थानीयहरु यसलाई सेलेले झरना भन्छन् । आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने प्रसस्त संभावना भएको यो झरना करिब एकसय २५ मिटर अग्लो छ । यद्यपी यसको उचाइबारे आधिकारिक अध्ययन भैसकेको छैन । झरना प्रवर्दन गरि पर्यटक आकर्षित गर्न गाउँपालिकाले गृहकार्य थालेको छ ।

तस्विर: शहिदभूमि गाउँपालिका वडा नं. २ स्थित बुर्खामा रहेको सेलेले झरना ।
हिले–त्रीवेणी सडक अन्तर्गत बुर्खाको मगरबस्तीबाट एकहजार पाँचसय मिटर उत्ररमा पर्ने आकर्षक झरनासमम सडक पहुँच र पदमार्ग ब्यबस्थापनको काम भैरहेको शहिद भूमि गाउँपालिका प्रमुख मनोज राईले जानकारि दिए । उनले भने, ‘पर्यटकिय पूर्वाधार तयार गरि उत्कृष्ठ गन्तव्यको रुपमा विकास गर्ने योजनमा छौं ।’ यसका लागि यसै आर्थिक बर्षमा स्थानीय बुर्खाबाट झरना जाने एक किलोमिटर सडकको ट्र्याक खोलिएको छ ।
छिन्ताङ्गमा रहेको जालपादेवि मन्दिरबाट सवारि साधनमा करिब ४० मिनेटको यात्रामा पुगिने यो झरना आस्थाकि देवि छिन्ताङ्ग भगवती, पञ्चकन्यामा रहेको ऐतिहासिक शहिद पार्क, पाताल डाँडामा निर्माणाधिन अर्को शहिद समृती पार्क जस्तै अर्को पर्यटकिय गन्तव्य बन्न सक्ने शहिदभूमि गाउँपालिका वडा नं. २ का वडासदस्य सोमबहादुर मगरले बताए ।
झरना भएको स्थानमा होटल र लजको सुविधा नभए पनि स्थानीय मगर, राई र अन्य समुदायका घरमा होमस्टेको अबधारणा अधि सारिने उनले सुनाए । भने, ‘आगन्तुक र पाहुनालाई कसरी सुविधा दिन सकिन्छ भन्नेमा प्रतिबद्ध रहन्छौ ।’ झरनासम्म पुग्ने पदमार्ग पदमार्ग स्तरोन्नती गर्दै जाने उनले बताए ।
रमणिय जंगलको बीचमा रहेको झरना वरिपरि संरक्षित जनावर र पुश पक्षिका बासस्थान समेत भएकोले प्राृतिक स्वरुप नविग्रने गरि सुविधायूक्त पर्यटकिय पूर्वाधार ब्यबस्थापनका लागि योजना अघि बढाइने गाउँपालिका प्रमुख राईले बताए ।


