अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिने

चौतारा, ८ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरी अब आधुनिक ऊर्जावाट खाना पकाउने अभियान चलाउने योजना रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको चौतारा सागाचोक गढी नगरपालिकाअन्तर्गत सानुसिरुवारीस्थित मजुवा बगर ग्रामीण लिफ्ट सौर्य खानेपानी योजनाको उद्घाटन गर्दै उहाँले भ्रष्टाचाररहित समाज निर्माण गरी देशमा सुशासन कायम राखिने बताउयनुभयो ।

प्रायः हरेक ठाउँमा सौर्य ऊर्जाबाट लिफ्टिङ गरी सिँचाइ तथा खानेपानी योजना सञ्चालन हुँदै आएकामा त्यस्ता योजनामा प्रयोग हुँदै आएको शक्तिलाई राष्ट्रिय ग्रीडमा जोडेर खेर गएको शक्तिलाई सरकारले खरिद गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले दिगो विकास योजनाको खाका तयार गरी सड्क, खानेपानी, शिक्षा तथा विद्युतीकरणको योजनाबद्ध तरिकाले काम अघि बढिरहेको चर्चा गर्नुभयो ।

यसअघि आजै मन्त्री पुनले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुेभयो ।

सो अवसरमा संघीय संसद्का सदस्य अग्नि सापकोेटा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपराज उपाध्याय तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सहभागिता रहेको थियो ।

सौर्य ऊर्जाको माध्ययमबाट एक हजार ४५२ मिटरको उचाइमा पनी तानेर २२४ धारा वितरण गरिएको छ । सो आयोजना वल्र्ड भिजन इन्टरनेशनल, जनहित ग्रामीण सेवा समितिको रु एक करोड १४ लाख ४९ हजार, बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ४२ लाख ६९ हजार चौतारा सागाचोकगढी नगरपालिका–७ सानुसिरुवारीको रु आठ लाख, जनसहभागितामा रु १२ लाख ६८ हजारसहित कुल रु एक करोड ७७ लाख ८७ हजार ७०८ मा सम्पन्न भएको उपभोक्ता समितिले जानकारी दिएकोछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।