साउदीको जेलमा रहेका राईलाई छुटाऊन धनकुटाको हिले र पाख्रीवासमा सहयोग संकलन
धनकुटा खबर । विगत २ वर्ष देखी साउदी अरवको एक जेलमा जेल जीवन विताईरहेका प्रेम वहादुर राई लाई जेलवाट मूक्त गराउन आज धनकुटाको हिले र पाख्रीवास वजारमा सहयोग संकलन गरिएको छ ।
साँकृतीक कलाकार समूह नेपालद्धारा सञ्चालित अभियान अन्र्तगत किराँत राई यायोख्खा जिल्ला कार्य समिति धनकुटाको विशेष सहयोगमा यी वजार क्षेत्रमा सहयोग संकलन गरिएको हो ।

ईलामको माई नगरपालिका वडा नं ४ साविक दानावारी निवासी प्रेम वहादुर वैदेशिक रोजगारीको शिलशिलामा साउदीमा सवारी चालकको काम गर्दै आउनुभएको थियो ।
चालकको काम गर्दैगर्दा गाडीबाट मालसामान ढुवानी गर्ने क्रममा वीच वाटोमा गाडी र सामान हराएको अभियोगमा उहाँलाई जेल सजाय सुनाईएको थियो । तर पछी हराएको गाडी भेटिएको र मालसामान भने नभेटीएको भन्दै ती सामानको मूल्य साउदी रियल ३ लाख १० हजार वा नेपाली ९५ लाख वरावर रकम तिर्नु पर्ने साउदी सरकारले भनेपछि सहयोग संकलन गरी साउदी सरकारलाई वुझाएर प्रेम वहादुरलाई जेल मूक्त गर्न सहयोग संकलन गरिएको साँकृतीक कलाकार समूह नेपालकी अध्यक्ष मेरी राईले जानकारी दिनुभयो ।
प्रेम वहादुर साउदी अरव रियादको मल्लास जेलमा ३÷३७÷८०५ कोठा नं ५ मा अत्यन्तै नाजुक जीवन विताईरहेको समूहद्धारा जारी सहयोग अनुरोध पत्रमा उल्लेख छ । समूहकी अध्यक्ष राईका अनुसार प्रेम वहादुरलाई जेल मूक्त गराउन सञ्चालन गरिएको विभिन्न अभियान अन्र्तगत अहिले सम्म ७१ लाख रकम जम्मा भईसकेको छ ।
यो समूहले यस अघि पनि १ लाख ३० हजार आर्थिक सहयोग गरिसकेको समूहका सचिव असिम वान्तावाले वताउनुभयो । देशव्यापी रुपमा सञ्चालन गरिएको यो अभियान अनुसार ईलाम र झापामा सहयोग संकलन गरिसकिएको र अव धरान,ईटहरी,ताप्लेजुङ्ग,पाँचथर जिल्ला सहित अन्य स्थानमा अभियान सञ्चालन गर्ने उहाँले वताउनुभयो ।
यहाँ सञ्चालन गरीएको सहयोग संकलन कार्यमा किराँत राई यायोख्खा धनकुटाका अध्यक्ष नगेन्द्र राई,किराँत संस्कार संस्कृती संरक्षक समिति हिलेका अध्यक्ष चन्द्र वहादुर राई लगायत साँस्कृतीक कलाकार समूहका पदाधिकारीहरुको सक्रिय सहभागीता थियो ।



