धरहराको पुनःनिर्माणका लागि टेण्डर आह्वान, शिलान्यास असारमा

काठमाडौँ, ३१ वैशाख । भूकम्पले क्षतिग्रस्त धरहराको पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नै गर्ने भएको छ ।

धरहरा पुनःनिर्माणको शिलान्यास असारमै गर्ने गरी तयारी गरिएको प्राधिकरणले जनाएको छ । धरहरा पुनःनिर्माणका लागि प्राधिकरणले आजको गोरखापत्र दैनिकमा टेण्डर आह्वानसमेत गरेको छ ।

धरहरा पुनःनिर्माणका लागि करीब रु चार अर्ब लाग्ने लागत अनुमान गरिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राससलाई जानकारी दिनुभयो ।

“एकतीस दिन टेण्डर फारम भर्ने अवधि तोकिएको छ, छनोट गर्न १५ दिन लाग्छ, असार तेस्रो सातासम्म धरहरा पुनःनिर्माणका लागि शिलान्यास हुन्छ”, उहाँले भन्नुभयो ।

शिलान्यास भएको दुई वर्षमा धरहरा पुनःनिर्माण भइसक्ने प्राधिकरणले जनाएको छ । यसअघि सरकारले ‘हाम्रो धरहरा हामी आफैँ बनाउँछौँ’ अभियान शुरु गरेको थियो । अभियान अन्तर्गत रु २४ करोड संकलन भएको छ ।

धरहराको पुनःनिर्माण नेपाल टेलिकमले गर्ने प्रतिबद्धता जनाए पनि अढाइ वर्षपछि हात झिकेको थियो । टेलिकमले आफैँ पुनःनिर्माण नगरे पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता भने जनाएको छ । बाँकी रकम सरकारले व्यहोर्ने सहसचिव मानन्धरले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।