मलेसिया जाने कामदारहरुसँग थप रकम असुल गरेको आरोपमा थपलिया र खड्का फरार सुचीमा !

काठमाडाैं । जिएसजी सर्भिस नेपालका गोबिन्द थपलिया र बायोमेट्रिकका कैलाश खड्का प्रहरीको फरार सुचीमा परेका छन् ।

बैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारहरुसँग थप रकम असुल गरेको आरोपमा थपलिया र खड्का प्रहरीको पक्राउ सुचीमा परेका छन्।

काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलल थपलिया र खड्का फरार भएको बताए। गत शुक्रबार प्रहरीले छापा मारेर भिएलएनका राम श्रेष्ठसहित ४० जना पक्राउ गरेको थियो।

थपलियालाई पनि पक्राउ गरेर छाडिएको म्यानपावर ब्यवसायीहरुले बताएका छन्। प्रधानमन्त्री केपी ओलीका स्वकिय सचिव राजेश बज्रार्चाय र संचार राज्यमन्त्री गोकुल बास्कोटाले थपलियालाई ‘हेरिदिन’ भन्दै प्रहरीसँग आग्रह गरेको स्रोतले बताएको सेतोपाटीमा खबर छ।

यसैबीच बायोमेट्रिकका संचालक खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुले सरक्षंण दिएकी छिन् । फरार सुचीमा रहेका खड्का ३ दिनदेखि बुढानिलकण्ठस्थित देउवा निवासबाट बाहिर निस्किएका छैनन ।

भिएलएनका श्रेष्ठसहितका ४० जनालाई भने प्रहरीले अदालतबाट म्याद थप गरी ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही जेठ ३ गते बायोमेट्रिक,भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गरेको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।