महालक्ष्मी नगरपालिका धनकुटामा सेवाग्राहिका सारा काम अब अनलाइनबाटै !, १० लाख लागतमा इन्टरनेट टावर निमार्ण – भिडियो सहित

धनकुटा खबर । सुचना र सञ्चारको पहुँच आम नागरीकमा पुर्याउने उद्येश्यले महालक्ष्मी नगरपालिकाले इन्टरनेट सेवा सुरु गरेको छ ।

नगरपालिकाले दिने सेवामा सहज पहुँच स्थापित गर्न र सबैलाई चुस्त दुरुस्त पार्न नगरपालिकाले आफ्नै लगानिमा टावर निमार्ण गरी इन्टरनेट सेवा सुरु गरेको हो । इन्टरनेट टावर निमार्ण भएपछि नगरपालिकाले सबै वडाबाट अनलाइमार्फत काम गर्ने जनाएको छ ।

नगरपालिकाको १० लाख रुपैयाको लागतमा इन्टरनेट टावर निमार्ण गरिएको हो । टावर निमार्णसगै नगरका ९ वडा मध्ये ६ वटा वडामा अनलाइन सेवा सुरु गरिसकिएको नगरपालिका प्रमुख पर्शुराम नेपालले बताउनुभयो ।

सबै वडामा अनलाइन सेवा सुरु भएपछि वडाले गरेका गतिविधिलाई नगरपालिका कार्यालयमा नै बसेर हेर्न मिल्ने कार्यालयले जनाएको छ । नगरपालिकाले निमार्ण गरेको इन्टरनेट टावरले आगामी दिनमा वडामा मात्र नभएर स्थानिय विद्यालय तथा अन्य सरकारी कार्यालयमा पनि सेवा विस्तार गरिने कार्यलयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।