सर्वोत्कृष्ठ राष्ट्रपति पुरस्कार प्राप्त धनकुटाका यी किसानको अलैंचीको नर्सरी खुम्चीएर एउटा टनेलमा सिमित, यस्तो छ कारण (भिडियो सहित)
धनकुटा खबर । नेपालबाट निर्यात हुने मसलाबाली मध्ये सबैभन्दा बढि बैदेशिक मुद्रा भित्राउने अलैंची खेतिप्रति पछिल्ला बर्षमा किसानको आकर्षण घट्दो छ । बगान बिस्तार रोकिएपछि धनकुटामा उत्पादित अलैंचीका लाखौं बिरुवा नर्सरीमै हुर्केका छन् ।
१० रोपनी जमिनमा गरिएको नर्सरीबाट तीन बर्ष अघि ६० लाख रुपैयाँैको अलैंची बिरुवा विक्रि गरेका धनकुटा दुई भीरगाउँका चन्द्रलाल तामाङ्ग अचेल अलैंची नर्सरी मासेर तरकारी खेतिमा लागेका छन् । तामाङ्गको त्यति ठूलो नर्सरी खुम्चीएर एउटा टनेलमा सिमित छ ।
गानो र बीउबाट उत्पादित मात्रै होइन रोग रहित गुणस्तरिय विरुवा उत्पादनका लागि कहलिएको टिस्यूकल्चर प्रविधिबाट उत्पादित विरुवा समेत नविकेर नर्सरीमै फूलेका छन् । कृषि क्षेत्रकै सवोत्कृष्ठ राष्ट्रपति पुरस्कार प्राप्त अगुवा किसान चन्द्रलाल तामाङ ।

बार्षिक १० लाखसम्म बिरुवा उत्पादन गर्ने धनकुटाका आधादर्जन ठूला अलैंची नर्सरीलाई ताप्लेजुङ्ग, संखुवासभा, इलाम, तेह्रथुम, भोजपुर र पाँचथर लगायत जिल्लाबाट आउने बिरुवाको माग धान्न धौधौ पथ्र्यो ।
तर अलैंची बगान बिस्तार हुने जेठ असारको मध्य सिजनसम्म बिरुवा बिक्रि भएकै छैन । बगानमा फैलदो संक्रामक रोग, सुधार हुन नसकेको परम्परागत खेति प्रविधि र बजार अब्यबस्थाका कारण खस्कदै गएको भाउ प्रति निरास किसान मेहनत खेर जाने डरले अलैंची खेतिबाट बिमुख हुदैछन् । पात्लेका अलैंची किसान लाखमान घिसिङ ।
विरुवा नबिक्नु भनेको अलैंचीको बगान बिस्तार रोकिनु र थप उत्पादन नहुनु पनि हो । अलैंची खेतिमा झाँगिदो समस्या समाधान गर्दै पलायनको मनस्थितिमा पुगेका किसानलाई पुर्नजाग्रित गर्न सरोकार निकायहरुको ध्यान जानु आवश्यक देखिन्छ । धनकुटा खबरकालागि विदुर खवासद्वारा तयार पारिएको यो भिडियो रिपोर्ट हेर्नुहोस्


