धारिलो हतियार प्रहारगरी धनकुटामा सहकर्मीको हत्या !
धनकुटा खबर । धनकुटाको भेडेटार नजिक एक होटलमा होटल मजदुरबीच भएको झगडामा एक यूवाको ज्यान गएको छ ।
साँगुरीगढी गाउँपालिका ६ मा रहेको होटल माउण्ट एभरेष्टमा कार्यरत २ कर्मचारी बीच झगडा हुंदा सोहि गाउँपालिका वडा नं. ६ का बर्ष १८ का सुरज राईको मृत्यु भएको हो ।
कामदार मात्र भएको अबस्थामा आपसी बिवाद हुंदा सुनसरी चकरघटीका करिव बर्ष १९ का निशान लिम्बुले गरेको धारिलो हतियारको प्रहारबाट राईको मृत्यु भएको भेडेटार प्रहरीले जानकारी दिएको छ ।
टाउकोमा गम्भिर चोट लागेका राईको घटना स्थलमा नै मृत्यु भएको भेडेटार प्रहरीका प्रहरी नायव निरीक्षक मेम बहादुर बस्नेतले जानकारी दिए ।
बिहिबार बिहान करिव ९ बजे तिर भएको उक्त घटनामा पछि राईको सनाखत भईरहेको र दोषी लिम्बुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको बस्नेतले धनकुटा खबुलाई जानकारी दिए ।


