गोलभेंडाले मूल्य नपाउदाँ किसान मारमा !

धनकुटा खबर । धनकुटाको शहिदभूमि गाउँपालिका ४ पिप्लेका पल्टनबहादुर राईले ६ रोपनीमा उत्पादन गरेको गोलभेंडा बेचर गएको बर्ष ७ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

तर अहिले त्यती नै क्षेत्रफलमा गरीएको खेति ३० हजार रुपैयामा लिन समेत नसक्ने भएका छन् गत बर्ष ३ हजार गोलभेंडाको विरुवा गतवर्ष लागत खर्च कटाएर दुई लाख रुपैया आम्दानी भएपछि सहिदभूमी गाउँपालिका थलेथलेका राजकुमार राईले यो सिजनमा झण्डै ५ हजार विरुवा रोपे । अहिले १० रोपनी जग्गामा लगाएको गोलभेंडा पाकेर राताम्मे भएको छ । तर प्रति किलो ३ रुपैयाँ पनि गोलभेडाँ विक्रि नभए पछि उनी निराश भएका छन् ।

यी दुई त गोलभेंडा खेति गर्न किसानका प्रतिनिधी पात्रमात्र हुन भारत निर्यातहुने कृषि उपजको सूचिमा नेपाली गोलभेंडा नपरेको बहाना बनाएर निर्यातमा गरिएको अबरोध पछि धनकुटाका किसानले उत्पादन गरेको गोलभेंडा बारिमै कुहिन थालेको छ । गएको बर्ष बोटबाटै प्रतिकिलो ६५ रुपैयाँसम्ममा बिक्रि भएको गोलभेंडा यो बर्ष तीन रुपैयाँमा पनि बिक्रि भएको छैन ।

गोलभेंडा उत्पादन हुने सिजन सुरुभएसँगै किसानले बजार र भाउ नपाउँदा गोलभेंडाको व्यवसायिक गर्दै आइरहेका किसान यति बेला निराश देखिन्छन् । भारतले गोलभेंडा निकासीमा रोक लगाएको भन्दै व्यापारीहरुले गोलभेंडा खरिद नगर्दा प्रतिकिलो ५ रुपैयामा पनि विक्न छाडेको कृषक राजकुमार राई बताउँछन् । पहिल्यै पहिल्यै व्यापारीहरु घरमै आएर गोलभेडाको भाउ मोलमोलाई गरि अग्रिम पैसा दिएर जान्थे ।

तर अहिले व्यापारी पनि भारत निकासीमा भएको अवरोध पछि व्यापारीसमेत आउन छाडेका किसान बताउछन् । डाँडा कृषि सहकारीका संस्था शहिदभूमीका अध्यक्ष चन्द्रबहादुर विष्ट भन्छन् । ‘प्रतिकिलो १५ रुपैयाले विक्री गर्दा किसानले लगानी गरेको लागत खर्च मुस्किलले उठ्छ ।

किसानले प्रतिकिलो २० रुपैया भाउ पाउँदा सामान्य नाफा आर्जन गर्छन् तर अहिले त गोलभेंडाको मूल्य नै छैन फल्न लादा समेत पैसा लाग्ने भएकाले किसानले बारी मै छोडेका छन् ।

धनकुटा बेलाहारा , छिन्ताङ्ग, खोकु, आँखिसल्ला, धनकुटा नगरपालिका लगायत स्थानको करिब एक हजार पाँचसय हेक्टर क्षेत्रफलमा गरिएको खेतिबाट धनकुटामा हिउँद र बर्खामा २८ हजार ७ सय १५ मेट्रिकटन गोलभेंडा उत्पादन हुन्छ ।

मूल्य नपाएको बेला नबिग्रिने गरि राख्ने शितभण्डार धनकुटामा छैन् । भारत निर्भर बजारमा यसरीनै गरिने बारम्बारको अबरोध र स्थानीय स्तरमै प्रसोधन शिप र उपकरण नहुँदा धनकुटाका गोलभेंडा उत्पादक किसान समस्यामा परेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।