पार्क नै पार्कको शहर बन्दै धनकुटा बजार ! (फोटो फिचर सहित)
धनकुटा खबर । जनप्रतिनिधिहरु निर्वाचित भएसंगै धनकुटा वजार क्षेत्र भित्रका सार्बजानीक स्थान अहिले सुन्दर र आकर्षक बनेका छन् ।
धनकुटा नगरपालिका सहित बवा कार्यलयले सार्बजानीक स्थानमा धमाधम पार्क निर्माण गर्न थालेपछि बजार क्षत्रेका खालि स्थानको परिचय फेरीएको हो ।
बजार क्षेत्रमा मात्र एक बर्षको अन्तरालमा ८ बटा पार्क तथा फुलबारी निर्माण भएका छन् ।
चुवाको बोट स्थीत ग्रीन पार्क र सिरान बजारमा निर्माण गरिएको शिब पार्क धनकुटा नगरपालिका मार्फत बडाले निर्माण गरेका नमुना पार्क हुन् ।
यी दुइ बाहेक घुमाउने चौतारी र मार्गा थान र पार्कमा पार्क, परिचय मोडमा तथा नगरपालिकाको गेष्ठ हाउस मुनी फुलबारी निर्माण गरिएको छ ।

निर्माणपार्क निर्माण संगै धनकुटाको मुहार फेरीनकुको साथै पर्यटक न.तान्न मदत गर्ने स्थानियबासिन्दा तथा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले बताउनु हुन्छ ।
राणा कालमा पर्बको प्रसासनीक केन्द्र हुदै पुर्बाञ्चलको सदरमुकामको रुपमा रहेको धनकुटा नयाँ ंसंरचना अनुसार सात प्रदेशमा बिभाजन हुदा प्रदेश एकको केन्द्र भागमा रहे पनि प्रदेश राजधानी बन्न भने सकेन ।
राजधानी नरहदा तुलनात्मक रुपमा धनकुटाको चहलपहल पहिले भन्दा कम हुदै जानु स्वभाकिकै थियो ।
त्यसैले चहलपहल लाइ पुरानै अबस्थामा रोकी राख्न, हरियाली तथा सुन्दर नगरपालिकाको रुपमा बिकास गर्न पार्क निर्माणलाइ प्राथमिकतामा राखिएको धनकुटा नगरपालिकाको उपमेयर सकुन्तला बस्नेत बताउनु हुन्छ ।

त्यसो त नगरपालिकामा बितेको आर्थिक बर्ष बाट मात्रै पार्क निर्माणको काम सुरु भएको भने होइन । यस अघि देखिनै धनकुटामा पार्क निर्माणका काम सुरु भएको थिए ।
जिल्लाकै पुरानो पार्क सल्लेरी बन भित्र रहेको महेन्द्र पार्क हो ।
यो एक समयको पुर्बमा निक्कै ख्याती कमाएको पार्क हो तर अहिले यो पार्क संरक्षणको पर्खाइमा रहेको छ ।
यो बाहेक निर्माणधिन अबस्थामा रहेको चुलिबन पार्क करिब पाँच बर्ष अघिबाट नै निर्माण सुरु भएको हो ।
त्यस्तै पञ्चमी पार्क, लहरे चौतारो, सेल्फी चौतारी यस अघिनै निर्माण भइसकेका छन् ।

यसैलाइ निरन्तरता दिएको नगरपालिकाले चालु आर्थिक बर्षको लागि समेत पार्क निर्माणमा ४७ लाख रुपैया बिनियाजन गरेको छ । यसले आधा दर्जन भन्दा बढि नयाँ पार्क थपिने नगरपालिकाका प्रबक्ता जमसेर राइले जानकारी दिनुभयो ।
देशकै सफा नगरपालिकाको उपमा पाएको धनकुटा नगरपालिका लाइ पार्क निर्माणले सफा संगै सुन्दर र आकर्षक नगरपालिकाको रुपमा परिचय थपिने गर्ने निश्चित छ ।
तर नयाँ पार्कहरु धमाधम निर्माण भइरहदा सल्लेरी बनमा अबस्थीत जिल्लाकै पुरानो पार्क महेन्द पार्क भने अस्तीत्बनै समाप्त हुने अबस्थामा पुगेको छ । त्यसैले नयाँ पार्क निर्माण संगै यस्ता पुराना पार्कको समेत संरक्षण गर्न आबश्यक छ ।



