समयमै आवश्यक मल विउ पाएसँगै पाख्रीबासमा पहिले भन्दा अहिले धान रोपाई बढी !
धनकुटा खबर । साउनको दोश्रो साता वित्नै लाग्दा यो वर्ष धनकुटाको पाख्रीवास नगरपालिकाको ५५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाई सकिएको छ ।
गरको झण्डै १२ सय हेक्टर क्षेत्रफलमा धान खेति गरिदै आएकोमा अहिले सम्म ५५ प्रतिशतमा रोपाई भएको हो । यो गत वर्षको तुलनामा १० प्रतिशतले वढी भएको पाख्रीवास नगरपालिका कृषी शाखा प्राविधिक सहायक टेक वहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार गत वर्ष यही समयमा नगरको धान रोपीने जग्गा मध्ये ४५ प्रतिशतमा मात्र रोपाई सकिएको थियो । यो वर्ष समय मै वर्षात भएको किसानहरुले आवश्यक मल वीउ समय मै पाएको कारण धान रोपाई केही छिटो भएको उहाँले वताउनुभयो ।
पाख्रीवासको १, ५, ८ र १० नं वडामा वढी धान खेती गर्नेगरिएको छ । यहाँका किसानले ललका वास्मति, मसिना, मनसुलि, अट्टे जातका धान वढी मात्रामा रोप्ने गरेको नगरपालिकाको कृषी विकास शाखाले जनाएको छ ।


