शिक्षाको उज्यालो छर्ने नियमित कामसँगै स्थानीयको तिर्खा मेटाऊँदै विद्यालय ! (भिडियो सहित)

धनकुटा खबर । धनकुटाको साँगुरीगढि गाउँपालिकामा एउटा यस्तो विद्यालय छ, जसले बर्षौ देखि शिक्षाको उज्यालो छर्ने नियमित काम सँगै खानेपानी ब्यबस्थापनको जिम्मा लिएर सयौं घर स्थानीयको तिर्खा पनि मेटाइरहेको छ ।

अभाव टार्नकै लागि कुनै सयम नाम्जे गाउँमा पानी समेत छोरी बुहारीका नाममा पेवा राख्ने चलन थियो । यतिमात्र होइन, खानेपानी नपाउँदा गाउँबाट बसाइ सर्नेको लर्को बढ्दो थियो । केहि अघिसम्म त बिहेका लागि अविभावकले यो गाउँमा हम्मेसी छोरीसमेत दिन नमान्ने सम्जनुहुन्छ साँगुरीगढि ६ नाम्जे धनकुटाका ८७ बर्षे स्थानीय शेरबहादुर भूजेल ।

पानी अभावकै कारण विद्यालयमा बिद्यार्थी उपस्थिति र सरसफाइको अवस्था पनि दयनिय थियो । तर अब नाम्जेको बिगत फेरिएको छ । स्थानीय ग्रामिण जनता माविको पहलमा भारतीयमुलका अमेरिकि स्वयमसेवक राजिव गोयल मार्फत १४ बर्ष अघि यो गाउँमा खानेपानी समस्याको दिर्घकालिन समाधान निस्कियोको हो नाम्जे विद्यालय समुदाय खानेपानी तथा सिंचाइ आयोजनाका अध्यक्ष, गुञ्जमान मगर ।

बस्तीभन्दा एक किलोमिटर मुनि साँचाखोलाबाट लिफ्टीङ गरि पु¥याईएको पानी यहाँका एकसय ९७ परिवारलाई वितरण गरिएको छ । उपभोक्ताले महशुल बापत मासिक न्यूनतम दुइसय २५ रुपैयाँ खानेपानी संचालन ब्यबस्थापनको जिम्मा लिएको ग्रामिण जनता माविलाई बुझाउँछन् । उठेको दशलाख रुपैयाँ महशुल मुद्धतीमा राखिएको छ । त्यसको ब्याजले आयोजना संचालन खर्च र एकजना शिक्षकको तलव धानेको छ भन्नुहुन्छ , ग्रामिण जनता उच्च मावि, नाम्जेका प्रधानाध्यापक टंकबहादुर भूजेल ।

विद्यालय–समुदाय सहकार्यले नाम्जेमा गरेको यो प्रयासले प¥याप्त खानेपानी पुगेपछि बसाइसराइ पनि रोकियो । यहा सञ्चलन गरिएको घरबास कार्यक्रम र अर्गानिक खेति पनि प्रसंसनिय छ । अमेरिकि समाचार संस्था सिएनएनको सर्बेक्षणमा घुम्नै पर्ने विश्वका १२ औं गन्तव्यको सूचिमा दरिएको यो नाम्जे गाउमा विद्यालयको विकासका लागि समुदाय र समुदायको विकासका लागि विद्यालय भन्ने काम अनुकरण योग्य छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।