अब धनकुटाका सातै तहमा कुनैपनि बालबलिका विद्यालय बाहिर नरहने, भदौ अन्तिम सम्म गरिँदैछ यस्तो घोषणा
धनकुटा खबर । “एक बच्चाको भर्ना मेरो सामाजिक दायीत्व, पहुँचको सुनिश्च्तिता सिकाइको स्थाइत्व” भन्ने मुल नारा सहित विद्यार्थि भर्ना विशेष अभियान २०७५ दोस्रो चरणको कार्ययोजनाको विषयमा आज सरोकारवलासग छलफल गरिएको छ ।
शिक्षा विकास समन्वय इकाई धनकुटाको आयोजनामा धनकुटाका प्रमुख जिल्ला अधिकारी, राजनितिक दलका प्रतिनिधि धनकुटा स्थित सातैवटा तहका प्रमुख तथा उपप्रमुख, विभिन्न कार्यालयका प्रमुख, शिक्षा क्षेत्रका बुद्धिजिवी तथा सञ्चारकर्मीसग छलफल गरिएको हो ।
छलफलमा स्थानिय तहरुले २०७५ भदौ ३१ गते सम्म आफ्नो पालिकाभित्र विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समूहका कुनै पनि बालबलिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने निर्णय गरेको छ ।

धनकुटा जिल्ला साक्षर जिल्ला घोषणा भईसकेको हुदा २०७५ भदौ ३१ गते सम्म जिल्लालाई विद्यालय जाने उमेर समूहका कुनै पनि बालबलिका विद्यालय बाहिर नरहेको घोषणा गर्न सबैले सहयोग गर्न अनुरोध समेत गरिएको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष टंक चौवानको अध्यक्षतामा भएको छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले यो अभियानलाई सफल बनाउनका लागि सबै नगरपालिका, गाउपालिका प्रमुख,सरोकारवाला संघसस्था तथा सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल ,निमित्त क्षेत्रिय निर्देशक ,जिल्ला समन्वय अधिकार तिर्थ धिताल , विभिन्न राजनितिक दलका प्रमुख,सातै वटा स्थानिय तहका प्रमुख तथा उपप्रमुख, शिक्षा क्षेत्रका बुद्धी जिवी तथा सञ्चारकर्मीको उपास्थिती रहेको थियो ।


