बढ्दो मदिरा सेवनले बलात्कार र हत्या : न्यायधिश शर्मा
धनकुटा खबर । बढ्दो मदिरा सेवनका कारण पूर्वी पहाडी जिल्लामा हत्या र बलात्कारका घटना बढेको हुनसक्ने उच्च अदालत बिराटनगर धनकुटा बेन्चका मुख्य न्यायधिश बिनोद शर्मा बताउनु भएको छ ।
ईजलासले बुधबार धनकुटामा गरेको पत्रकार भेटघामा प्रस्तुत प्रतिवेदनको उत्तर दिंदै शर्माले यस्तो बताउनुभएको हो ।
धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्लाका पुनरावेदन गरिएका मुद्दाहरु हेर्ने यस बेन्चको आर्थिक बर्ष ०७४÷०७५ मा फच्र्यौट भएका मुद्दाहरुमा तुलनात्मक रुपमा हत्या र बलात्कारका मुद्दा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनका सन्दर्भमा बोल्दै शर्माले भन्नुभयो–‘पूर्वी पहाडमा जनजातिहरुको अत्याधिक बसोबास भएसंगै मादक पदार्थको प्रयोग बढी हुने भएकाले पनि हत्या र बलत्कारका घटना बढी भएको हुनसक्छ ।’
अदालतले दिएको जानकारी अनुसाय यस आवमा ४ जिल्लाबाट पुनरावेदन भएका दुईसय ९४ मुद्दा मध्ये सामान्य खालका बिभिद ७५ मुद्दा पछि सबै भन्दा धेरै कर्तव्य ज्यान ५६ र करणीका मुद्दा ४८ वटा रहेका छन् ।
२ सय २० मुद्दा फच्यौट गरेर ७४ मुद्दा बाँकी राखेको अदालतले ३८ वटा रिट दयर,बहुबिवाह र चोरी २०÷२०,अंश १५,डकै ७, सम्बन्ध बिच्छेद ६ र मानाचामल र लागु औषधकाम मुद्दा ५÷५ रहेको जानकारी दिएको छ ।


