हिस्टेरियालाई यौनसमस्यासँग जोड्नु गलत !

हिस्टोरिया भनेको मानसिक क्षेत्रका तन्तुहरूमा अस्थायि रूपले बिकृति उत्पन्न भएर संवेदनात्मक क्षेत्रबाट प्रत्यक्ष सम्पर्क टुट्ने वा उल्टो प्रभाव पर्न गई मानिस असन्तुलित हुने वा अत्यधिक समवेदना उत्पन हुने रोग हो । मुर्छा पर्ने, बिर्सिर्ने, एक्लै बस्न रूचाउने, रुने, कराउने, काम्ने, फिँज काढ्ने, उत्तेजित हुने, बर्बराउने हिस्टेरियाका लक्षणहरु छन् ।

हिस्टेरियाका यस्ता लक्षणले संस्कृति, धर्म, रीतिरिवाज, सामाजिक अवस्था, व्यक्तिगत मनोदशाले प्रभाव पारेको हुन सक्ने बताइएको छ । त्यसैले यसका लक्षणहरु विभिन्न जातजाति, समुदाय र धर्मावलम्बी हरु बीच फरक हुने जानकारहरु बताउछन् ।

हिस्टेरियालाई स्वास्थ्यसँग सम्बन्धित समस्याभन्दा पनि यौन चाहना बढी भएपछि हुने वा यौन चाहना पूरा नभएको अवस्थामा हुन सक्ने समस्या भनेर गलत ढंगले व्याख्या गर्ने प्रवृत्ति मौलाएको कारणले गर्दा नै हो । वास्तवमा यस समस्यालाई मेडिकल भाषामा ‘डिसोसिएटिभ डिसअर्डर’ भनिन्छ ।

हाम्रो समाजमा व्याप्त हिस्टेरिया शब्दलाई यौनसमस्या सँग जोड्ने गलत प्रवृत्ति छ । यसकारण यसलाई होसियारीपूर्वक प्रयोग गर्नुपर्छ । अझ यसमा पनि पुरूष भन्दा महिला धेरै पीडामा परेको पाइन्छ । यस रोगका बारेमा पूर्णा ज्ञान नहुनु र अल्पज्ञानको धारमा कसैको मनोदशा ब्याख्या गर्ने प्रवृत्तिले बिरामीलाई रोग लुकाउन बाध्य पारेको छ ।

यो रोगको वैज्ञानिक उपचार सम्भव छ । उपचारका लागि दक्ष मनोचिकित्सक वा तालिमप्राप्त अन्य चिकित्सक कहाँ गएर विस्तृत रूपमा मनोविश्लेषण गरी कुन रोग हो, यकिन गर्नुपर्छ । वास्तवमै डिसोसिएटिभ डिसअर्डर हो भने मनको कुण्ठालाई केलाएर त्यसको समाधानका लागि मनोपरामर्श गर्नुपर्छ । मनोपरामर्शबाट बिरामीको समस्या समाधान नभएमा बिरामीलाई चित्त बुझाउने अन्य उपायको खोजी गर्नुपर्ने हुन्छ ।

अन्य शारीरिक वा मानसिक लक्षण भए सोहीअनुरूप औषधि पनि खानुपर्ने हुन्छ । त्यसैले यो रोग बिहे नभएकै आधारमा लाग्ने होइन । यस्तो समस्या पुरुषमा पनि देखिन सक्छ। बिहे गर्दैमा यो समस्या समाधान पनि हुँदैन । बिहेसँग मात्र यो रोगको सम्बन्ध हुँदैन । मनको कुण्ठामा सेक्स पनि एउटा अंश हुन सक्छ । तर, पूरै सेक्ससम्बन्धी कुण्ठाका कारण यो रोग लाग्छ भन्नु वैज्ञानिक दृष्टिबाट अपूर्ण हुन जान्छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖