टन्न अन्नबाली हुने धनकुटास्थित तेलियाका अधिकांस किसानको बारी घाँसले ढाक्यो
धनकुटा खबर । किसानको खेत बारीमा यसबेला के हुनु पर्ने हो ? सबै लाई लाग्छ रोपेर हरीयो हुदै गरेको धान वा घोगा लागेका मकै त्यो पनि नभए तरकारी फलफुल तर धनकुटा जिल्लाको छथरजोरपाटी साविक तेलिया गाविसमा पर्ने अधिकांस किसानको बारी अहिले घाँस र जङगले ढाकेको छ त्यो पनि उनुत्पादन घाँस र जङगले ।
कुनै बेला गाउँ भरीका स्थानियलाई खान पुग्ने अन्न फलफुल तरकारी हुने यो स्थानमा केहि बर्ष देखि चलेको बसाई सराई र गाउँमा भएका स्थानीय बासिन्दाले समेत छोड्दै लगेको कृषि कर्मले यो अवस्था आएको हो ।

फलफुल खेतिका लागि उपयुक्त वतावरण भए पनि यहाँ बसेर खेति गर्न कसैले चासो नदिएको स्थानि बासिन्दा बेग बहादुर थापा बताउछन् । कृषि प्रधान मुलुकका रुपमा चिनिने गरेको नेपालमा किसानले धमाधम कृषि कर्म छोड्दा यसको असर राष्ट्रिय उत्पादनमा नै पर्दछ । यहाँका करिब १ सय ५० परिवारले खेति गर्ने खेतबारी अहिले बाझो छ ।
फलफुल उत्पादनका लागि उपयुक्त भएको भन्दै विभिन्न संघ संस्थाले बाडेका फलफुलका बोट स्थानिय बासिन्दाका बारीमा हुर्किएका छन् तर त्यसको कुनै संरक्षण गरिएको छैन् । स्थानियले यसरी छोडेका जग्गा लिजमा लिई वा खरिद गरी उत्पादन संग जोड्ने प्रयास भए पनि श्रमशतिm अभाबले सफल हुन गाह्रो भएको फुर्केसल्ला कृषि समुहका अध्यक्ष मेघराज खतिवडा बताउछन् ।
यसरी छोडीएका जमीनलाई उत्पादनसंग जोड्न स्थानिय निकायले पनि पहल कदमी लिनु आवश्यक देखिन्छ ।


