धनकुटामा रेमिटल्याण्ड परिचर्चा !

धनकुटा खबर । श्याम सिंघकद्धारा लिखित उपन्यास रेमिटल्याण्डको एक चिया गफ चर्चा कार्यक्रम सम्पन्न भयो ।

उपन्यासका श्याम सिंघकको उपस्थितिमा भएको कार्यक्रम मिसन पोयट्री धनकुटाको आयोजनामा सम्पन्न भएको हो । पछिल्लो समाजको तस्विर जस्ताको तस्तै आफुले तीन वर्ष मेहनत गरेर लेखेको र समाजको चित्र उतार्ने साहस गरेको पनि उपन्यासकार श्याम सिंघकले बताए ।

धनकुटा बहुमुखी क्याम्पसका उप–प्राध्यपक ईच्छापूर्ण राईले रेमिटल्याण्ड उपन्यासले फ्रायदवादबाट समाजको अन्य पाटोहरु केलाएर पाठक सामु ल्याउन सफल भएको बताए ।

समाजमा विविध विषयहरु जो मानिसलाई थाह छ तर सार्वजानिक रुपमा भन्न सकिरहेको हुदैनन् त्यस्ता विषयहरुलाई टपक्क टिपेर समाजमा पस्कनु चानचुने विषय नभएको पनि प्राध्यपक राईले बताए ।

बागियान साहित्यिक द्वैमासिक पत्रिकाका सम्पादक श्रीशीशा राईले रेमिटल्याण्डले पहिचान साहित्यलाई काँही न काँही उठान गरेपनि विस्तृत रुपमा आउन नसकेको बताए ।त्यसै गरि रेमिटल्याण्डले ७० प्रतिशत मायाप्रेमको विषय बोकेको छ भने बाँकी कुरा अन्य समाजको विषयवस्तुलाई उठान गरिएको एक उत्कृष्ट उपन्यास भएको कुरा कवि राज माङलाकले बताए ।

कवि केजी सुब्बाले रेमिटल्याण्ड एक शसक्क्त उपन्यास भएको र यसले समाजको विषयवस्तुलाई छर्लङ्गै पारेर अगाडी आएको बताए ।रेमिटल्याण्ड उपन्यासको नामैबाट समाजको विषयवस्तुहरुलाई चौतर्फी एकै नामबाट अनेकन विषयवस्तुहरु उठान गरेको एक शसक्त्त उपन्यास भएको कवि नरेन्द्र कश्चितले बताए ।

रेमिटल्याण्ड एक चिया गफ चर्चा कार्यक्रममा कवि मुकुन्द प्रयास,कवि रमेशचन्द्र अधिकारी,कवि रोशन परियार,कवि अनन्त अनुराग,कवि प्रज्वल पुकार,कवि सञ्जय सयल,कवि इन्दु कार्की लगायतकाले समेत आ आफनो तर्क प्रस्तुत गरेका थिए ।मिसन पोयट्री धनकुटाको तर्फबाट उपस्थित सबैलाई धन्यवाद ज्ञापन कवि केजि सुब्बाले गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।