जनशक्ति अभावको अन्त्य गर्न हातेमालो गर्दै धनकुटाका किसान !

धनकुटा खबर । जनशक्ति अभावले जीविकोपार्जनको मुख्य माध्यम तरकारी खेतिको क्षेत्र र उत्पादन घट्दै गएपछि धनकुटाको महालक्ष्मी नगरपालिका मूर्तिढुङ्गाका किसान सामुहिक मद्धत जुटाएर कृषि उपज उत्पादन र ब्यबस्थापन गरिरहेका छन् ।

छरछिमेकमा आलोपालो काम गर्ने फेरोपर्मको चलनले गाउँमा खेताला नपाएर कसैको खेतबारीनै बाँझिने र पाकेको बाली बेलैमा उठाउन नसक्दा बितेर जाने समस्याको अन्त्य भएको छ ।

स्थानीय सिंहदेवि कृषक समुहमा आबद्ध २५ जनाको यो समुह तीन बर्ष यता नर्सरी बनाउने, तरकारीका विरुवा रोप्ने, गोडमेल गर्ने, थन्क्याउने र उपज बिक्रिका लागि मोटरबाटो सम्म ओसार्ने कामका लागि टोलछिमेकमा यसरीनै आलोपालो हातेमालो गर्दै आएको किसान प्रेमप्रसाद ढकालले जानकारी दिए ।

हातेमालो गर्दै ब्यबशायीक बाटोमा लम्किएका किसानको जाँगर मर्न नदिन सिंधुवामा रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले उत्पादन र बजारिकरणमा सहयोग गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख हर्षहाङ राईले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।