पाख्रीवासस्थित सडक छेउमा राखिएका सामान अझै हटाईएन, अब वडाले प्रहरी नै लगाएर हटाउने
अझै अटेर गरे सामान जफत सहित जरिवाना
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको वजार क्षेत्रको व्यस्त सडकमा सम्भवित सडक दूर्घटना न्यूनिकरण गर्नका लागि वडा नं ४ ले सडक क्षेत्रमा राखेको ढुङ्गा गिटी, वालुवा, लकडी लगायतका सामान प्रहरी लगाएर हटाउने निर्णय गरेको छ ।
वडाले ३ महिना अघि नै त्यस्ता सामान ल्याइएको २४ घण्टा भित्र सडकको ८ मिटर क्षेत्र भन्दा पर राख्न सार्वजनिक सूचना जारी गरेपनि अटेर गरेपछि प्रहरी नै लगाएर हटाउने निर्णय गरेको वडाले जनाएको छ ।
वडाको आज वसेको आकस्मिक वैठकले अव २४ घण्टा भित्र सर्वसाधारणले आफ्नो उपयोगका लागि ल्याएको त्यस्ता सामाग्री सडकवाट नहटाए प्रहरी लगाएर हटाउन लाउने निर्णय गरेको वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।



