भारतीय बजारमा गोलभेंडा निकासी हुन थालेसँगै मूल्यमा केहि सुधार
धनकुटा खबर । भारत निर्यातहुने कृषि उपजको सूचिमा नेपाली गोलभेंडा नपरेको बहाना बनाएर निर्यातमा गरिएको अबरोध पछि धनकुटाका किसानले उत्पादन गरेको गोलभेंडा मूल्य गिरावटमा केहि सुधार भएको छ ।
हप्ता दिन अघि सम्म ३ देखि ५ रुपैया सम्म मा प्रतिकिलो गोलभेंडा विक्रि गर्दे आएका किसानले अहिले १५ दखि १७ रुपैया सम्म पाउन थालेका छन् ।
कृषक रामकुमार राईले भने अघिल्ले बर्ष ५५ देखि ६५ रुपैया सम्ममा गोलभेंडा बिक्रि भएको थियो हप्ता दिन अघि सम्म ४—५ रुपैयामा विक्रि हुन समेत मुस्किल थियो अहिले १५ रुपैया सम्ममा विक्रि हुदा थोरै भए पनि राहत भएको बताए ।

उत्पादन हुने सिजन सुरुभएसँगै किसानले बजार र भाउ नपाउँदा गोलभेंडाको व्यवसायिक गर्दै आइरहेका किसान ठुलो मार्का परेको र अहिले पनि किसान लाई फाईदा हुने गरी नभए पनि मूल्यमा आएको सुधार सकारात्मक भएको किसानको भनाई छ ।
धनकुटाको शहिद भूमि गाउँपालिकाका किसानले अहिले १५ देखि १७ रुपैयामा गोलभेंडा बिक्रि गर्दै आएको शहिद भूमि गाउँपालिकाका कृषि शाखाका प्राविधिक रत्न थापामगरले जानकारी दिए ।
धनकुटा बेलाहारा , छिन्ताङ्ग, खोकु, आँखिसल्ला , धनकुटा नगरपालिका लगायत स्थानको करिब एक हजार पाँचसय हेक्टर क्षेत्रफलमा गरिएको खेतिबाट धनकुटामा हिउँद र बर्खामा २८ हजार ७ सय १५ मेट्रिकटन गोलभेंडा उत्पादन हुन्छ । मूल्य नपाएको बेला नबिग्रिने गरि राख्ने शितभण्डार धनकुटामा छैन् ।
भारत निर्भर बजारमा यसरीनै गरिने बारम्बारको अबरोध र स्थानीय स्तरमै प्रसोधन शिप र उपकरण नहुँदा धनकुटाका गोलभेंडा उत्पादक किसान पटक पटक समस्यामा पर्ने गरेका छन् ।


