धनकुटामा संसदिय अभ्यास !
धनकुटा खबर । संसदिय अभ्यासलाई थप ब्यबस्थित बनाउन धनकुटामा एक दिने संसदिय सभा प्रणालीका बिषयमा एक दिने अभिमुखिकरण तालिम सन्चालन गरिएको छ ।
अन्तराष्टिय यूवा दिवसको अवसर पारेर जुनियर चेम्बर ईन्टरनेशनल (जे.सि.आई) ले धनकुटाका स्थानिय निकायहरुका पदाधिकारी तथा बिभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुलाई उक्त अभिमुखिकरण दिएको हो ।
उक्त एक दिवसिय कार्यक्रममा ईभिपी २०१७ नेपाल जेसिसका तालिम प्रमुख कैलाश खाकी श्रेष्ठले तालिमको सहजिकरण गरेका थिए ।




