बढी राजश्व संकलन गर्ने वडा पुरस्कृत

धनकुटा खबर । धनकुटाको सहिदभूमि गाउँपालिकाले गतआर्थिक वर्षमा अन्य वडाको तुलनामा सबैभन्दा वढी राजश्व संकलन गर्ने वडा नं. २ लाई थप योजना दिएर पुरस्कृत गरेको छ ।

गाउँपालिकाले पाँच लाख रुपैया वरावरको योजना उपलब्ध गराएर पुरस्कृत गरेको हो ।

गत आवमा गाउँपालिकाले ३१ लाख ६० हजार रुपैया राजश्व संकलन गरेको थियो । जसमा २ नं वडाले मात्र ५० प्रतिशत अर्थात १४ लाख रुपैया भन्दा राजश्व संकलन गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

गाउँपालिकाको निर्णयबाट उक्त निर्णय गरिसकिएको बताउँदै उनले भने ‘गाउँपालिकाको सो व्यवस्थाले अन्यवडालाई पनि वढी कर संकलन गर्ने प्रेरणा हुन सक्छ ।’

७ वटा वडा रहेको सहिदभूमि गाउँपालिकाले चालु आवमा ८३ लाख ६० हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको अध्यक्ष राईले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।