नगरपालिका बनेको ४० बर्ष पछि बल्ल पुग्यो याक्ते गाउँमा सडक !
धनकुटा खबर । नगरपालिका बनेको ४० बर्ष पछि धनकुटा नगरपालिका वडा नं. ८ मा रहेको याक्ते गाउँमा ४० बर्षमा सडक पुगेको छ ।
तात्कालिन समयमा पूर्वाञ्चलको सदरमुका रहेको धनकुटामा मात्र पाईने अल्पसंख्यक आठपहरीया जातिहरु मात्र रहेको बिकट यस गाउँमा सडक पुगेको थिएन ।
नगरपालिकाले धनकुटा वडा नं.७ मा रहेको बस पार्क देखि घुमाउने चौतारा, टेकुनाला, याक्ते, सान्ताङ्ग हुंदै त्रिवेणी चौक सम्म जोडिने रिङ्गरोड निर्माण गरेपछि उक्त बिकट गाउँ सडक सन्जालको पहुंच पुगेको हो ।

जनप्रतिनिधिहरु निर्वाचित भएपछि पछिपरेका उक्त क्षेत्रहरुलाई बिकासको मूलधारमा जोड्न आर्थिक बर्ष ०७४-०७५ मा २१ लाख बिनियोजन गरेर सडक निर्माण गरिएको थियो ।
जनप्रतिनिधि नहुंदा नगरपालिका भएर पनि उक्त क्षेत्रमा बिकास निर्माणको पहुंच पुग्न नसकेको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले बताउनु भयो ।
सडक निर्माण भएपछि स्थानियबासीहरुको जीवनयापनमा सहजता आउने मेयर तामाङ्गको बिश्वास रहेको छ ।


तस्वीर : धनपा ८ मा रहेको याक्ते गाउँ र उक्त गाउँ जाने पहराको बाटो


