‘दिनभर हाँचका हाँच ढेडु-बाँदर रात परेपछि बँदेल र दुम्सीको चोक्रोलो’ धनकुटाका किसान आजित

धनकुटा खबर । बस्ती नजिकैका वनबाट निस्केर अन्नवाली नष्ट पार्न थालेपछि धनकुटाको छथरजोरपाटी, चौविसे, धनकुटा नगरपालिका लगायत स्थानका किसान जंगली जनावरले गर्ने वालि नोक्सानीले आजित भएको बताउछन् ।

बालीनाली पाक्ने बेलामा जंगली जन्तुको विगविगी बढेपछि यी स्थानका तल्लो भेगका किसान लाई ठुलो चिन्ताले सताएको छ । धनकुटा नगरपालिकाम कृषक हर्क बहादर राईले भने , –‘पाक्न लागेको वालि जोगाउन समेत हम्मे भई सक्यो बस्ती नजिकैका सामुदायीक बनबाट बस्तीमा र अन्न वालि लगाएको खेत बारीमा प्रवेस गर्ने जनावरका कारण बालीनाली पाक्ने बेलामा किसानले सुखले खाना समेत खान पाएका छैन्न् ’ ।

प्रायः दिनहु दिउँसो हाँचका हाँच बाँदर–ढेडु आउँछन भने राती बँदेल र दुम्सीले चोक्रोलो मच्चाउने गरेका अर्काे किसान छथरका कृषक भोला लिम्बु बताउछन् । स्थानीयलाई बारिमा लगाईएको मकै, कोदो, सुठुनी, पिँडालु, बोडी, दाल, बदाम जनावरवाट बचाउन मुस्कील पर्न थालेको छ ।

किसानले लगाएका अन्नबाली, तरकारी र फलफूल जोगाउन कुनै उपाय नलागेपछि धनकुटा नगरपालिकाले गएको आर्थिक बर्षमा बजेट छुट्याए रै मङ्की क्याचरको समुह बोलाएर बाँदर समाती स्थानान्तरण समेत गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖