जिल्लाकै पहिलो र देशकै ८ औं ‘पूर्ण विद्यार्थी भर्ना’ भएको गाउँपालिका ‘धनकुटाको छथरजोरपाटी’ !

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकालाई जिल्लाकै पहिलो र देशकै ८ औ पूर्ण विद्यार्थी विद्यालय भर्ना भएको गाउँपालिका घोषणा गरिएको छ ।

सो गाउँपालिका भित्रका ५ देखी १२ वर्ष उमेर समूहका वालवालिकालाई विद्यालय भर्ना गराई सकिएपछि आज एक कार्यक्रमको वीच पूर्ण विद्यार्थी भर्ना भएको गाउँपालिकालाई घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष शेर वहादुर लिम्वुको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका संयोजक टंक चौहानले गाउँपालिकालाई पूर्ण विद्यार्थी भर्ना भएको गाउँपालिका घोषणा गर्दै गाउँपालिकाको विकासका लागि शिक्षालाई महत्वपूर्ण रुपमा हेर्नुपर्ने वताउनुभयो । गरिवीको कारणले अशिक्षित हुने वातावरणलाई हटाउदै गाउँपालिकाले सिकाई उपलव्धिलाई विकास गर्नुपर्ने पनि उहाँले वताउनुभयो ।

उहाँले जुनसुकै क्षेत्रको विकास गर्नका लागि पनि शिक्षा नै आवश्क हुनेभएकोले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षाको व्यवस्था गर्दै रोजगारीको वातावरण सिर्जजना गर्नु पर्ने समेत वताउनुभयो ।

त्यस्तै क्षेत्रिय शिक्षा निर्देशक खड्ग वहादुर कमालले विद्यलयको पठनपाठन गुणस्तरिय हुनका लागि अभिभावकहरुले चासो दिनुपर्ने,शिक्षाको गुणस्तर सुधारका लागि कमीकम्जोरी पहिचान गरी अभिभावक, शिक्षक र गाउपालिकाले सुधारकोप्रयास गरे मात्र शिक्षामा सफल हुने वताउनुभयो । साथै जिल्लाकै पहिलो पूर्ण विद्यार्थी भर्ना भएको गाउँपालिका वनेकोमा खुशी पनि व्यक्त गर्नुभयो ।

छथरजारपार्टी गाउपालिकाका ५ देखी १२ वर्ष उमेर समूहका ४ हजार २ सय ७३ वालवालिका सवै विद्यालय भर्ना भएको गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख भीमकला लिम्वु,क्षेत्रिय शिक्षा उपनिर्देशक पुष्पराज वराल,शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख राम वहादुर थापा,राजनीतिक दलको तर्फवाट ईन्द्र सारु मगर,शिक्षक पेशागत संगठनको तर्फवाट किरण कुमार राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्षको तर्फवाट भोज वहादुर लिम्वु प्रधानाध्यापकहरुको तर्फवाट भीम वहादुर लिम्वु, संस्थागत विद्यालयको तर्फवाट लक्ष्मण लिम्वु लगायतकाले ान्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाका श्रोतव्यक्ति उजुरसिंह लिम्वु ले राख्नुभएको थियो भने सञ्चालन मोहन प्रसाद ढुंगानाले गर्नुभएको थियो । भदौ मसान्त भित्र धनकुटा जिल्लालाई नै पूर्ण विद्यार्थी भर्ना भएको जिल्ला घोषणा गर्ने लक्ष रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।