हातेमालो अभियान : मिलेर काम गर्ने बानीको विकाससंगै धनकुटास्थित मुर्तीढुंगाका २५ परिवारलाई फाइदै फाइदा (भिडियो सहित)

धनकुटा । गाउँमा युवा जति रोजगारीका लागि बिदेशिएपछि खेतवारीको काममा समस्या उत्पन्न भएको छ । धेरै स्थानमा अर्मपर्म त परै जओस्, ज्यालादारीमा पनि काम गर्ने मान्छे पाइँदैनन् । यस्तै, समस्या आइलागेपछि धनकुटाको मुर्तीढुंगाका किसानले आलोपालो गरेर खेतवारीको काममा जानुपर्ने अनिवार्य नियम बनाएका छन् ।

धनकुटाको महालक्ष्मी ९ आहालेका प्रेमप्रसाद ढकालको बारीमा बन्दाकोपी काटेर ओसार्न जुटेका यी सबै स्थानीय सिंहदेवी कृषक समुहमा आबद्ध छन् । एक्लाएक्लै खेती किसानी गर्न गाह्रो, ज्यालादारीमा खेताला नपाउने भएपछि समुहमा आलोपालो गरेर काम गर्ने नियम बनाइएको हो । एकल उत्पादन, सामुहिक व्यवस्थापनले समुहका २५ परिवारलाई फाइदै फाइदा भएको उनीहरुको भनाई छ ।

यहा कामको प्रकृति र आवश्यकता हेरी हातेमालो गरिन्छ । यसले उनीहरुको ब्यावसायिक जागरमा उर्जा थपेको छ । तीन वर्ष यता नर्सरी बनाउने, विरुवा रोप्ने, गोडमेल गर्ने, थन्क्याउने र उपज बिक्रीका लागि मोटरबाटोसम्म ओसार्ने काम आलोपालो मै हुँदै आएको छ । प्रधानमन्त्रि कृर्षि आधुनीकीकरण परियोजना धनकुटाका प्रमुख हर्षहाङ राई ।

सहयोग र सामुहिकताको भावना कम हुँदै गइरहेका बेला धनकुटा मुर्तीढुंगामा हुन थालेको यो हातेमालो अभियानले गाउँले सबैलाई सहयोग पुगेको छ । मिलेर काम गर्ने बानीको विकाससगै कृषि कर्मका लागि आवश्यक मद्दत पनि जुटेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖