धनकुटाका यी वडाध्यक्ष जसले आफ्नो मासिक तलबबाटै गरे अस्पताललाई सहयोग
धनकुटा । आफ्नो मासिक तलबबाट धनकुटा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष्यले वडाको बेलहारा स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।
वडा अध्यक्ष मनोज रायमाझी(सन्दिप) ले २१ हजार बरावरको रेफ्रिजेनेरेटर(फ्रिज) र ४५ सय बरावरको बच्चाहरुलाई वाफ दिने सेफ नेबुलाईजर सहयोग गरेका हुन् ।
उक्त सहयोगसंगै अध्यष रायमाझीले एक थान कलर टिभी,एक थान सिलिङ्ग फेन र एक थान टर्च लाईट सहयोग संकलन गरेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका छन् ।

उक्त सामाग्रीहरु एक हस्तान्तरण समारोहको आयोजना गरेर चौकी सन्चालक समितिका उपाध्यक्ष कृष्ण राया र स्वास्थ्य चौकी ईन्चार्ज सरला कुमाललाई हस्तान्तरण गरिएको छ ।
‘औषधी राख्ने फ्रिज र वाफ दिने मेसिन नहुंदा गाउँका आमा र नानीहरुले हप्तौ धरान स्थित बिपी मेमोरियल अस्पतालमा बस्नुपर्ने बाध्यता थियो’ रायमाझीले भने, ‘अब राना नानीहरुलाई यहि उपचार हुने ब्यबस्था भएपछि समय र पैसा बचत दुबै बच्ने छ ।’
उक्त स्वास्थ्य चौकीमा नवजात शिशु सहित मासिक सात सय भन्दा बढी सबै खालका बिरामीहरु आउने गरेको स्वास्थ्य चौकीको तथ्यांक छ ।




