१२ बर्ष सम्मका बालबालिका बिद्यालयबाहिर नरहेको सहिदभूमीको घोषणा !
धनकुटा । सहिदभूमी गाउँपालिकाले आफ्नो गाउँपालिकामा ५ देखि १२ बर्ष भित्रका बालबालिकाहरु बिद्यालय बाहिर नरहेको घोषणा गरेको छ ।
गाउँपालिकाले शनिबार पिप्लेमा एक कार्यक्रम गरेर ती उमेरका सबै बालबालिकाहरु आफ्ना गाउँपालिकामा रहेका ३९ वटा बिद्यालयमा भर्ना गरेको जानकारी दिएको छ ।
छथर जोरपाटी, चौबिसे र साँगुरीगढी पछि चौथो भएको गाउँपालिकाको घोषणा जिल्ला समन्वय समिति धनकुटाका सभापति टंक बहादुर चौहानले गर्नुभएको थियो ।
सो घोषणाको अवसरमा उपस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले घोषणालाई दीगो बनाउन बिद्याथीहरु निरन्तर बिद्यालय आउने वाताबरण बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा पेशागत संस्थाका तर्फबाट रामकुमारी भयडारी,बिद्यालय ब्यबस्थापनन समितिका तर्फबाट ठाकुर देवी माबिका अध्यक्ष प्रदिप राई शुभकामना दिनुभएको थियो ।
पत्रकार महासंघ धनकुटाका तर्फबाट कोषाध्यक्ष नारायण कुमार राई,जिल्ला शिक्षा अधिकारी रामबहादुर थापा,क्षेत्रीय निदेशक डम्बर कुमालले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष मनोज राईले ५ देखि १२ बर्षका जम्मा ८ सय ३८ बालबालिकाहरु बिद्यालय भर्ना भएको जानकारी दिनु भयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष तथा बिद्यालयह?को सहयोगमा घोषणा सम्भव भएकोले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।



