‘सुरमै जादु छ’ – यसरी रेकर्ड गरियो सपनको पहिलो गीत (भिडियो सहित)

इटहरी । आर्थिक अवस्था निकै कमजोर भएका सपनलाई देश तथा विदेशबाट पनि विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले आर्थिक सहयोग आउने क्रम जारी छ ।

सपन यतिबेला आफ्नो पहिलो गीत रेकर्ड र भिडियो छायांकनको लागि हाल काठमाडौमा छन । यता सपनको गीत रेकर्ड पनि भैसकेको छ भने भिडियो छायांकन पनि सुरु भएको छ । छायांकन पस्चात छिट्टै डिथ्री टिभी युट्युब च्यानलबाटै सार्बजनिक गरिने सुवास संकल्पले जानकारी गराए ।

संकल्पले सपनलाई सुरुवाती दिनदेखी नै सहयोग गरिरहेका छन् । उनकै पहलमा गीत र भिडियो निर्माणको कार्य भएको हो । संगीतको ज्ञान बिना पनि निखारिएको स्वर भएका सपन कमजोर आर्थिक अवस्था भएका कारण ओझेलमा परेका थिए । ट्याक्टरमा लेबर काम गरेर आफ्नो जिबिकोपार्जन गर्दै आएका सपन संग अदभुत गाउने क्षमता छ ।

केहि समय अगाडी मिडियामा आएका सपन मिडियामा आए संगै भाइरल बनेका थिए । उनको गायकी सुनेर गायक कमल खत्रीले पहिलो गित आफ्नो सब्द संगीतमा फ्री रेकर्ड गरिदिने प्रतिबद्धता गरेका थिए भने उनको पहलमा स्टुडियो रेकर्डिङमा पनि केही प्रतिशत छुट गराईदिएका थिए ।

सबैको सहयोगमा गीत रेकर्ड र म्युजिक भिडियो छायांकनको लागि काठमाण्डौ रहेका सपनको पहिलो अनि निकै ठुलो सपना साकार भएकोमा सपन निकै हर्षित हुदै सबैलाई धन्यबाद दिएका छन् । हेर्नुस् उनको पहिलो गीत रेकर्ड गर्दाको झलकहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।