सागुरीगढीमा खुल्ला नकआउट फुटवल प्रतियोगिता : २७ टिम सहभागी, ४ खेल सम्पन्न

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिता मा आज विभिन्न ४ वटा खेलहरु भएकाछन् ।

लक्ष्मी देउराली फुटवल क्वलको आयोजना तथा सागुरीगढी गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिता अन्र्तगत आज शहिदभूमि गाउँपालिका थलथले र विष्णु साँस्कृतीक क्वल धरान वीच भएको खेलमा ३–१ गोलको अन्तरले थलथले ले जित हासिल गरेको छ ।

त्यस्तै वराह नगरपालिका १ चियावारी र सागुरीगढी गाउँपालिका ७ वीच भएको खेलमा पनि ३–१ कै अन्तरले वराह नगरपालिकाले जित हाँसिल गरेको छ । यता सागुरीगढी ९ हर्दिया र विष्णुपादुका धरान २० वीचको खेलमा १–० गोल लगाउदै सागुरीगढी ९ ले जित हाँसिल गरेको छ ।

त्यस्तै शहिदभूमि गाउँपालिका १ सफाईधाप र सागुरीगढी ९ आहाले वीचको खेलमा २ – १ गोल अन्तरले शहिद भूमिले जित निकालेको छ । गत २२ गते देखी शूरु भएको प्रतियोगिताको फाईनल खेल भदौ ३० गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजयी प्रथम टिमले नगद १ लाख सहित कप,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद २५ हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

सागुरीगढी गाउँपालिका को २ लाख आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा धनकुटाको सागुरीगढी गाउँपालिका, शहिदभूमि गाउँपालिका सहित धरान उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिकाका २७ टिमको सहभागिता छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।