हिलेस्थित वक्रकुण्ड मन्दिरमा भक्तजनहरुको घुईचो, ८ हजार बढी भक्तजनहरुले पूजापाठ गरे

धनकुटा । आज भाद्र शूक्ल तृतीया अर्थात हरितालिका तीज पर्व देशभरका हिन्दु नारीहरुले मनाएकाछन् ।

तीजको अवसरमा धनकुटा १ हिलेको वक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा विहान देखी साँझ सम्म भक्तजनहरुको घुईचो लागेको थियो ।

यो मन्दिरको व्यवस्थापन कार्यलाई तिव्रता दिईए सँगै यो वर्षको तीजको दिन आज ८ हजार भन्दा धेरै भक्तजनहरुले दर्शन एवम् पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यो संख्या गत वर्षको तुलनामा निक्कै वढी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सिंह तितुङले वताउनुभयो । मन्दिरमा भक्तजनहरुको सुविधालाई ध्यानमा राख्दै पूजा आराधनाका लागि विहानैवाट पूजारी सहित अन्य आवश्यक व्यवस्था गरिएको थियो ।

यता हिले सिरान स्थितको रत्न षडेश्वर शिवालय मन्दिरमा पनि विहानै देखी भक्तजनहरुको उपस्थिती वाक्लो थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।