२०० जनाको क्यारिकेचर गर्ने युवा जसले निकाले जिग्री बले देखि मोदीको दुरुस्तै आवाज (भिडियो सहित)
इटहरी । भनिन्छ भगवानले सबैलाई एउटा इश्वरीय बरदान दिएको हुन्छ । विश्वमा धेरै प्रकारका मान्छेहरु भेटिन्छन र देखिन्छन पनि, अनि ति व्यक्तिहरुको आ-आफ्नै प्रतिभा हुन्छ ।
तेर्हथुम घर भइ हाल मोरंगको बलियामा बस्दै आएका नबिन दुलाल अहिले जुत्ता फ्याक्ट्रीमा कटिङ्गको काम गर्छन । उनि विभिन्न हास्यकलाकार, नेता, नेपालि चलचित्र उधोगका प्रख्यात कलाकारहरु, बलिउड कलाकारहरु र नेपालि गायकहरुको पनि गीत गाएर हुबहु क्यारिकेचर गर्छन ।
कोहि पर्दा अगाडी आफ्नो प्रतिभा देखाउछन भने कोहि आफुसंग भएको प्रतिभा हुदाहुदै पनि विभिन्न कारण ओझेलमा परेका हुन्छन । अहिले विभिन्न युट्युब च्यानल मार्फत लुकेर रहेको प्रतिभालाइ सार्बजनिक गर्ने ट्रेन्ड निकै चलिरहेको छ ।

नबिन दुलाल संग २०० जनाको क्यारिकेचर गर्न सक्ने क्षमता छ । एउटा सामान्य मान्छेले २०० जनाको स्वर निकाल्नु भनेको कुनै चानचुने कुरा भने पक्कै होइन ।
निरन्तरको अभ्यास पछि यति धेरै जनाको क्यारिकेचर गर्न सफल भएको नबिन बताउछन । पहिला दोबाटे हास्य सिरियलमा समेत काम गरिसकेका उनि अहिले हास्य टेलिसिरियल भद्र्गोलमा अवसर पाएमा काम गर्ने बताउछन । विभिन्न गीतलाइ गायकहरुकै स्वरमा गाउने खुबी भएका नबिन हुबहुसहित क्यारिकेचर गर्छन ।
हेर्नुस नबिन दुलाल संग गरिएको रमाइलो भिडियो अन्तरबार्ता


