पौने ६ करोड लागतमा फिस्टुला अस्पताल सञ्चालन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १७ श्ययाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रु पौने ६ करोडको लागतमा निर्माण भएको फिस्टुला केन्द्र आजदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आज सो अस्पतालको उद्घाटन गर्नुभयो ।

फिस्टुला केन्द्र बिएमजी टेराटेक जर्मनी र आइएनएफ युकेको आर्थिक सहयोगमा निर्माण गरिएको हो । उपचार केन्द्र सञ्चालनमा आएसँगै कर्णाली प्रदेश तथा प्रदेश नं ७ का फिस्टुला र गाइनो रोगबाट प्रभावित महिलालाई उपचारका लागि सहज हुने फिस्टुला केन्द्रका इञ्चार्ज कृपा चौधरीले जानकारी दिनुभयो । अहिलेसम्म फिस्टुला अस्पताल धरान र काठमाडौँमा मात्रै थियो ।

चौधरीका अनुसार सुर्खेतमा १० वर्षयता वर्षको एक पटक शिविर सञ्चालन गरेर फिस्टुलाको शल्यक्रिया गर्ने गरिएको थियो । यो अवधिमा २५० जनाले शिविरमार्फत लाभ लिएका थिए ।

क्षेत्रीय अस्पतालका सुर्खेतका प्रमुख डाक्टर डम्बर खड्काले अब यस क्षेत्रका फिस्टुलाका बिरामी उपचारका लागि धरान र काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताउनुभयो । बिरामीले रोग लुकाउने चलनका कारण यस क्षेत्रमा फिस्टुलाका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क नभएको खड्काले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।