सारा सम्पत्ति बन्धक राखी विदेश गएर फर्केका धनकुटाका तिलकराजले गाईपालनबाटै उकासेर गरे यस्तो प्रगती (भिडियो सहित)

धनकुटा खबर । धनकुटामा पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ युवाको आकर्षण बढ्दै गएको छ । खासगरी गाउँघर छोडेर अन्यत्र बस्दै आएका युवाको ग्रामीण क्षेत्रमा फर्किएर पशुपालन व्यवसायमा आकर्षण बढ्दै गएको हो ।

धनकुटा नगरपालिका वडा नं ६ खाल्डेका ३६ वर्षीय तिलकराज कार्की सफल व्यवसायीको रुपमा पनि चिनिनुहुन्छ । २०५७ सालमा जिल्ला निर्वाचन कार्यालय धनकुटाको कार्यालय सहयोगीको स्थायी जागीर छाडेर ८ वर्ष विदेश बस्नुभएका कार्कीले अहिले मासिक एक लाख रुपैयाँ भन्दा बढी घरैमा काम गरेर कमाउनुहुन्छ ।

२०५७ सालमा गरिबीको कारण साहुकोमा जग्गा बन्धकी राख्ने क्रममा १३ लाख ऋणमा फसेपछि वैदेशिक रोजगार अन्तिम विकल्प बनाउनुभएको कार्कीले नेपाल फर्किएर थालेको गाई पालनबाटै सबै ऋण तिरेर आम्दानी हात पार्न थाल्नुभएको हो ।

साहुकोमा सबै जग्गा जमिन बन्धकी राखेपछि घरबारविहीन बन्ने अवस्थाको विकल्पको रूपमा वैदेशिक रोजगार गएको उहाले बताउनुभयो । घरको आर्थिक अवस्था कमजोर भएको कारणले घर खर्च चलाउँदा नै ऋणको भार बढेपछि विदेशिएका कार्कीले कमाएको २२ लाख खर्चेर कार्कीले हाल आफ्नै गाउँमा गाई फर्म सञ्चालन गरिरहनुभएको छ ।

२०७३ सालमा एक लाख ९० हजार लागतमा ३ वटा स्थानीय जर्सी गाईबाट माइदेवी कृषि फर्म सञ्चालन सुरु गरेका कार्कीले हाल लगानी थप गरेर होलिस्टेन जातका ११ वटा गाई पालिरहनुभएको छ ।

दैनिक ७० लिटरसम्म दूध बेचेर मासिक एक लाख २६ हजार सम्म कमाउने गरेको उहाले बताउनुभयो । उहालेले गाई फर्म विस्तार सगै १० रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती सुरु गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।