सिमी खेति गरेरै लाखौ आम्दानी !

धनकुटा । धनकुटा सागुरिगढि गाउपालिका स्थानिय किसान ब्यवसायिक सिमी खेति गरेर लाखौ आम्दानी गर्न थालेका छन ।

बिगत १२ बर्ष देखि सिमि खेति गर्दै आउनु भएका सागुरिगढि ८ पिप्लेका किसान पत्थरसिंह राईले यो वर्ष सिमि बेचेर १ लाख ५० हजार भन्दा बढि आम्दामी गर्नु भयो ।

त्यस्तै सोहि वडाका अर्का किसान इन्द्रबहादुर राईले पनि यो बर्ष सिमि बेचेर १ लाख आम्दामी गर्नु भएको छ । अर्का किसान रामप्रसाद राईले पनि सिमिको बेचेर ६० हजार भन्दा बढि आम्दानी गर्नु भएकोछ।

परम्परागत रुपमा व्यवसायिक सिमि खेति गर्दै आएका किसानहरुले गाउमै सिमि प्रति केजि ४० देखि ५० रुपैया सम्म बिक्रि गर्ने गरेका छन। अहिले सिमिको सिजन भएकोले सिमि किन्न व्यापारी हरु घर मै आउने गरेको किसान पत्थरसिह राईले वताउनुभयो ।

त्यस क्षेत्रमा उत्पादित सिमी भेडेटार , धरान, इटहरी र विराटनगर सम्म व्यापारीहरुले पठाउने गरेका छन । बिगतको तुलनामा यो वर्ष २० रुपैया बढि मुल्य पाएकोले किसानहरु खुसि भएका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।