धनकुटा संग्रहालयमा १६ जातीका गरगहना, सुरक्षाको लागि सिसी क्यामरा (भिडियो सहित)

धनकुटाको जातिय संग्रहालय प्रचारप्रसारको अभावमा ओझेलमा

धनकुटा । विभिन्न जातीको संस्कार संस्कृती झल्काउने दुर्लभ बस्तु संग्रह गरी धनकुटामा स्थापना भएको जातिय संग्रहालय प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

प्रदेश नं १ का लोपउन्मुख जातजातिका कला संस्कृति र उनीहरुले प्रयोग गर्ने गरेको सामाग्रीलाई संग्रह गरि २०४० सालमा धनकुटामा स्थापना गरिएको प्रदेश संग्रालय प्रचार प्रसारको अभावमा ओजेलमा परेको छ ।

धनकुटा सदरमुकाममा स्थापना गरिएको यो संग्रालय प्रचार प्रसारमा सरकारले कुनै चासो नदेखाउदा ओजेलमा परेको हो । नेपालका लोपउन्मुख जातजातिको कला संस्कृति बचाइ राख्ने उद्येश्यका साथ निर्माण गरिएको यो संग्राहलयमा आठपहरिया राईको विनायो, धिमालले बजाउने तुन्जाई, मेचेको दोत्रा वाजा जस्ता लोप हुन लागेका सयौं थरीका वाजागाजा सजाएर राखिएको छ ।

त्यस्तै मेचेजातीको संस्कृति झल्कने माटाका मुर्तिहरु शेर्पा, आठपहरिया, राई, लिम्बु तथा लेप्चाहरुको संस्कृति झल्कने सामाग्री, धिमाल, राजबंसी, लिम्बु, थारु, झागड, शेर्पा, सतार लगायतका जातिले प्रयोग गर्ने जातिय हात हतियार लगायतका सामाग्रीहरु संग्रहित छन् । संग्रलयमा छ सय भन्दा बढि लोपउन्मुख सामग्रीहरु संग्रहीत गरेर राखिएको कार्यलयका प्रमुख चन्द्रप्रसाद अधिकारीले बताउनु भयो ।

पुरातत्व विभागले ३५ बर्षअघि स्थापना गरेको जीर्ण संग्रहालय सुधार गरेपनि अरबौ मूल्य बराबरको समाग्री सुरक्षा सिसि क्यामराको भरमा सञ्चालन भई रहेको छ । विगत बर्षदेखि सञ्चालनमा रहेका ग्यालेरीमा रहेका विभिन्न १६ जातीका गरगहनाको सुरक्षामा कठिनाई भएको भन्दै सिसी क्यामरा राखिएको छ ।

संग्रहालयको सुरक्षार्थ सुरक्षार्मी अवाश्यक भएको भन्दै पटकपटक पुरातत्व विभागमा पत्राचार गरेपनि वेवास्था भएपछि अवाश्यक सुरक्षा व्यवस्था गर्न यसबर्ष सिसि क्यामरा राखिएको हो । धनकुटालाई पर्यटकीय हबको रुमा विकास गर्ने लक्ष्य लिएको प्रदेश सरकारले संग्रालयलाई प्रदेश नं १ को नै एउटा मह्त्वपूर्ण संग्रालयको रुपमा विकास गरि पर्यटक भित्राउने लक्ष्य लिएको सामाजिक विकास मन्त्रि जिवन घिमिरेले बताउनुभयो ।

संग्रहालयमा अवलोकनमा आउने विद्यार्थीहरुका लागि ५ रुपैयाँ, नेपाली नागरीककालागि १० रुपैया, बाह्य पर्यटकको लागी ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । यो संग्रालय पुरातात्वीक ,सास्कृतीक, ऐतिहासीक बस्तुहरुको सोद्ध अनुसन्धानको लागि एउटा गन्तव्य बन्न सक्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।