‘परिश्रम गरे ढुङ्गामा पनि सुन फलाउन सकिन्छ’ भन्ने उखान पुष्टी गर्दै धनकुटाका यी युवा !

धनकुटा खबर । “परिश्रम गरे ढुङ्गामा पनि सुन फलाउन सकिन्छ” भन्ने नेपाली उखानको अर्थ, व्यवहार मै पुष्टि गर्न सफल हुनुहुन्छ धनकुटाका एक युवा कृषक सागर देवान ।

जिल्लाको चौविसे गाउँपालिका वडा नं ५ वोधे फाप्लाङ निवासी उहाँ विगत ३ वर्षदेखी कृषी पेशामा संलग्न हुनुहुन्छ । डिप्लोमा सम्मको अध्ययन पूरा गरेपनि आफूले खोजेको समयमा शैक्षिक योग्याता अनुसारको काम नपाएपछि विदेशिनुभएको सागरले ९ वर्ष सम्म वैदेशिक रोजगारीमा समय खर्चनुभयो ।

त्यति लामो समय विदेशमा काम गरेपछि अरुको अण्डरमा वसेर कति काम गर्नेरु वरु आफ्नै देश फर्किएर केही गरौ भन्ने सोचका साथ गाउँमै आएर व्यवसायीक कृषी पेशामा लाग्नुभएको उहाँले अहिले यही पेशावाट वर्षमा ५ लाख सम्म आम्दानी गर्दै आउनुभएको छ । कृषीमा पनि खासगरी अकवारे खुर्शानी खेतीमा संलग्न ४४ वर्षका यी कृषक सागरले ६ रोपनी वाँझो जग्गा ५ वर्षका लागि लिजमा लिएर र दूई रोपनी आफ्नै गरी जम्मा ८ रोपनी जग्गमा यो खेती गर्दै आउनुभएको हो ।

यो खेतीको लागि सिंचाई लगायत अन्य आवश्यक कुराको व्यवस्था समेत आफै गरीरहनु भएका उहाँले कृषीमा विचौलिया लगायतका समस्या रहेको वातउनुयो । व्यावसायीक रुपमा २ वर्षदेखी खुर्शानी खेती गर्दै आउनुभएका उहाँ विचौलियाको समस्या समाधानका लागि सरोकारवाला निकायले कृषी उत्पादनको मूल्य तोकीदिए सहज हुने वताउनुहुन्छ ।

त्यस्तै त्यहाँका अर्का युवा लिला प्रसाद देवान पनि यही खेती तर्फ आकर्षीत हुनुभएको छ । पहिला सामान्य सामाजिक कामहरुमा मात्र आफु संलग्न भएको वताउनुहुने करिव ४६ वर्षका लिला साथीहरुले गरेको कामवाटै प्रेरित भएर कृषी तर्फ आकर्षित हुनुभएको हो ।

शूरुमा आधा रोपनी जग्गामा मात्र सामान्य तरिकाले खुर्शानी खेती गर्न थाल्नुभएका उहाँले अहिले विस्तार गरी करिव साढे ६ रोपनी जग्गामा मल्चिङ प्रविधिवाट यो खेती गर्नुभएको छ । यति जग्गामा फलेको खुर्शानीवाट यो वर्ष ८ लाख सम्म आम्दानी गर्ने उहाँको लक्ष छ ।

परिश्रम र आम्दानीलाई तुलना गर्दा यो खेतीवाट फाईदा हुने अनुभव उहाँको पनि छ । तर अघिल्लो वर्षहरुको तुलनामा पछिल्लो समयमा खुर्शानी खेतीमा जरा र फेद कुहिने समस्या देखीएको र यो समस्या समाधानका लागि सम्वन्धित पक्षवाट केही सल्लाह सुझाव पाएपनि समस्याको निराकण भने नभएको भन्दै उहाँले गुनासो गर्नुभएको छ ।

यता चौविसे गाउपालिका ५ रन्दल गाउँका अर्का युवा खगेन्द्र परियार पनि १० वर्ष विदेश वसेर नेपाल फर्किएपछि कृषी पेशा मै संलग्न हुनुभएको छ । आफु विदेशमा रहदा काम गर्ने जनशक्तिको अभावमा वाझो भईसकेको १४ रोपानी पूख्र्यौली जमिनमा उहाँले अहिले टमाटर,खुर्शानी र सुन्तला खेती गरिरहनुभएको छ । विगत ४ वर्षदेखी कृषी पेशामा लाग्नुभएको उहाँले गत वर्ष टमाटर खेतीवाट २ लाख सम्म आम्दानी गर्नुभएको थियो ।

तर यो वर्ष भने टमटरले भाउ नपाएपछि केही कम आम्दानी भएको उहाँले बताउनुभयो । शुरुमा ३५ सय वोट टमाटर रोपेर कृषी पेशामा संलग्न हुनुभएका खगेन्द्रले यो वर्ष १० रुपैयाँ प्रति केजी ले मात्र टमटर वेच्नुपरेको भन्दै अबको वर्षदेखी खुर्शानी खेतीलाई थप व्यवस्थित तरिकाले गर्ने आफ्नो योजना रहेकोे वताउनुभयो । उहाँले आउदो वर्षको भदौ महिनावाट आफ्नै लगानीमा मल्चिङ प्रविधिवाट खुर्शानी खेती गर्ने लक्ष रहेको वताउनुभयो ।

खगेन्द्रका श्रीमती भूमा थापालाई पनि कृषी सम्वन्धि ज्ञान भएको कारण यो काम गर्न धेरै सजिलो भएको छ । उहाँलाई श्रीमती भूमाले यो खेतीको काममा धेरै सहयोग गर्नुहुन्छ । यसरी घरको सवै मिले स्वदेशमै काम गरे विदेशमा जत्तिकै आथिृक लाभ लिन सकिने खगेन्द्रको भनाई छ । निक्कै लामो समय विदेशमा काम गरेर फर्केपछी कृषी पेशामा संलग्न खगेन्द्रले विदेशमा २ वर्ष कमाएको पैसा स्वदेशमा आएर वस्दा ६ महिनाको लागि पनि नपुग्ने भन्दै आफु जस्तै अन्य युवालाई स्वदेश मै आफ्नै खुशीले केही पेशा व्यवसाय गर्ने सुझाव दिनुभयो ।

त्यस्तै रन्दल गाउँकै टंक योगीले पनि साढे ५ रोपनी क्षेत्रफलमा खुर्शानी, सुन्तला, रुद्राक्ष खेती गर्न थाल्नु भएको छ । १८ वर्ष विदेशमा सवारी चालकको काम गरेर नेपाल फर्किनुभएका टंकले चाँही आर्थिक आम्दानी हात पार्ने भन्दा पनि आफुले गरेको काम देखेर अरुलेपनि सिकुन भन्ने लक्षका साथ खेती गर्नुभएको हो ।

विदेशवाट उहाँ गाउँ फर्किएपछि कतिपय उर्वर भूमी बाँझो देखेपछि उहाँलाई त्यस्तो ईच्छा जग्यो । फल स्वरुप अरुको बाँझो जग्गा किनेर उहाँले कृषीजन्य विभिन्न जातका विरुवाहरु किनेर खेती गर्न थाल्नुभएको हो ।

शूरुमा थोरै जग्गामा टमाटर रोपेर खेती गर्न थाल्नुभएको उहाँले अहिले जग्गा कम भएको कारण ४ रोनी जतीमा खुर्शानी र सुन्तला लगाउनुभएको छ भने वाँकी जग्गामा रुद्राक्षको विरुवा लगाउनुभएको छ । यसअघि टमाटरवाट राम्रै आम्दानी हुनेगरेको वताउँदै टंकले यो वर्षवाट मात्र थाल्नुभएको खुर्शानी खेतीवाट पनि करिव ४ लाख सम्म आम्दानी हुने वताउनुभयो ।

यसरी जोस र जाँगरका साथ कृषी पेशामा संलग्न उनीहरुलाई खेतीमा समस्या देखीए चौविसे गाउँपालिकाको कृषी शाखावाट प्राविधिक खटाई आवश्यक सल्लाह र औषधिहरु दिने गरिएको कृषी शाखा प्रमुख विरेन्द्र तामाङले वताउनुभयो । उहाँले कार्यलयमा अहिले एक जनामात्र प्राविधिक रहेकोले किसानहरुको समस्यालाई समयमै सम्वोधन गर्न भने केही ढिलो हुने गरेको वताउनुभयो ।

चौविसे क्षेत्रवाट वार्षिक ३० लाख वरावरको खुर्शानी र ५० लाख वरावरको टमाटर उत्पादन हुने गरेको शाखा प्रमुख तामाङले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।