धनकुटास्थित मौलो डाँडामा धुमधामका साथ निशान भगवतीको पूजा गरियो (फोटो भिडियो सहित)

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिका वडा नं ३ मा रहेको मौलो डाँडामा धुमधामका साथ निशान भगवतीको पूजा गरिएको छ ।

वडा नं ३ कै काजिमानमा रहेका दुइवटा निशान भगवतीको मन्दिरबाट निशान निकालेर बाजागाजा सहित बजार परिक्रमा गरि मौलो डाडामा लगेर धुमधामका साथ निशान भगवतीको पूजा गरिएको हो । बाजा गाजा सहित निशानलाई मौलो डाडामा पुर्याएपछि रागाको बलि दिई निशानको पूजा गरिन्छ ।

https://youtu.be/eBh-O4abSG8

हर्सोउल्लासका का साथ प्रत्येक बर्ष नवमीको दिन हजारौको सख्यामा रहेका स्थानियहरुको सहभागितामा उक्त पूजा गरि पुनः निशानलाई निशान भगवती मन्दिरमा नै लगेर राखिने चलन रहेको वडाध्यक्ष ज्ञान बहादुर लिम्बुले बताउनुभयो ।

तत्कालिन सेन राजाले छथर राज्यको शासन सन्चालन गर्न पारघरी लिम्बुहरुलाई दिईएको निशान चिन्ह र दस्तावेज उक्त निशान मन्दिरमा राखिएको छ । निशान पूजा सगै दशै मान्ने परम्परा रहि आएको छ । निशानलाई मौलो डाडामा लानु अघि विहानै देखि निशान मन्दिरमा बोका रागा कुखुराको बलि दिई पूजा गरिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।