आमाले रगत दिँदा छोरीको ज्यान बच्यो

हुम्ला । आफ्नी छोरीलाई आमाले रगत दिएर जीवन बचाएको छ ।

सिमकोट गाउँपालिका बुराउसे–४ का ४२ वर्षीया सर्जङ्गमु लामाले आफ्नी १६ वर्षीया छोरी सोनाम लामु लामालाई आज जिल्ला अस्पतालमा रगत दिएर जीवन बचाएको अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।

सोह्र वर्षीया लामाको शरीरमा चाहिनेभन्दा रगत कम भएको हुनाले एक पिन्ट अर्थात् ३५० मिलिलिटर रगत दिएको बोहराले बताउनुभयो ।

महिलाको शरीरमा कम्तीमा पनि रगतको अनुपात १४ देखि १८ हुनुपर्ने जिल्ला अस्पताल हुम्लाका अनमी बोहराको भनाइ छ । शरीरका लागि चाहिने अनुपातभन्दा कम रगत देखिएमा महिलाको ज्यान जाने खतरा हुने बोहराले जानकारी दिनुभयो । सोह्र वर्षीय लामाको शरीरमा रगतको अनुपात छ मात्र रहेको ल्याब टेक्निसियन सुनिता तामाङले बताउनुभयो ।

महिला खोप लगाउनसमेत डराउने गर्दछन् तर ४२ वर्षीया सर्जङ्गमुले भने आफ्नी छोरी बचाउनका लागि जिल्ला अस्पतालमा पुगेर रगत दिइ छोरीको ज्यान बचाएको जिल्ला अस्पतालका ल्याब टेक्निसियन तामाङको भनाई छ ।

आमा छोरीको रगतको ग्रुप ए पोजेटिभ भएको हुनाले अझै सहज भएको थियो । अहिले आमा र छोरीको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।