भाऊ घटेपनि टमाटर खेतीबाट धनकुटाका किसानले गरे उल्लेख्य आम्दानी !
धनकुटा । धनकुटाको सागुरिगढि गाउँपालिका ८ महाभारतका किसानहरुले टमाटर खेतीबाट यो वर्ष ५० हजार देखी १ लाख २० हजार वढी आम्दानी गर्न सफल भएकाछन् ।
टमाटर विक्रि गर्ने मुख्य सिजनमा कतिपय स्थानमा भाउ घटेपनि महाभारत सेम्वोप्पाका किसानहरुले गाउँ मै प्रति के जी २२ देखी २५ रुपायाँको दरमा टमाटर वेचेर उल्लेख्य आम्दानी गरेका हुन् ।
सेम्बोपा स्थानिय किसान नारायण प्रसाद राई ले यो वर्ष टमाटर बेचेर १ लाख २० हजार आम्दामी गर्नु भयो । विगत ७ बर्ष देखि परम्परागत रुपमा व्यवसायिक टमाटर खेति गर्दै आउनु भएका उहाँले यो बर्ष करिव ५ टन टमाटर वेचेर १ लाख २० हजार आम्दानी गर्नुभएको हो । मेहेनत गरेर काम गरे आफ्नै गाउँमै मनग्य पैसा कमाउन सकिने अनुभव राईले सुनाउनुभयो ।
त्यस्तै अर्का किसान महाप्रसाद राईले यही खेतीवाट ८० हजार आम्दामी गर्नुभएको छ । सोही वडा का अर्का किसान देवप्रकाश राईले पनि ५० हजार भन्दा बढि आम्दामी गर्नु भएको छ । आफुहरुले उत्पादन गरेका टमाटर गाउँ मै प्रति केजि २२ रुपैया देखि २५ रुपैया सम्म किनबेच हुने गरेको किसानहरुको भनाई छ ।
त्यस क्षेत्रमा उत्पादित टमाटर भेडेटार, धरान, इटहरी र विराटनगरका बजार सम्म व्यापारीहरुले लाने गरेका छन ।


