तिहारले छोप्नै लाग्दा पाकेको बालि भित्र्याउन धनकुटाका किसानलाई हतार !
धनकुटा । दशैं सकिएसंगै धनकुटाका किसान हिउदे बालि भित्र्याउन सुरु गरेका छन् । दशै लगतै तिहार नजिकै आई सकेकोले पनि दशै तिहारको बिचमा किसान पाकेको बालि भित्राउन हतार गरेको बताउछन् ।
धनकुटाको तेलियाका कर्णबहादुर लिम्बुले भने यो बर्ष चार्डपर्ब पछाडी आए अन्य बर्ष यो समयमा चार्डपर्ब लाई बिदा गरी एकोहोरो काममा लागिन्थो तर यो बर्ष दशै सकिए संगै बालि भित्राउन सुरु गर्नु परेको छ ।

कर्णबहादुर त एक प्रतिनिधी पात्र मात्र हुन अहिले अधिकांश किसानले तिहारको समय सम्म राख्दा बित्ने बालि लाई तिहार अघि नै उठाई सक्ने योजना भएको बताउछन् । हिउदे बालिका लागि प्रयाप्त बर्षा नहुदा भने उत्पादन घटेको किसानको भनाई छ ।
कतिपय स्थानका किसानले भने खडेरीको कारण हिउदे बालि भित्राउन समेत नपाएको महालक्ष्मीकी मनकुमारी मिश्रले बताईन् । कृषि श्रमिकको समस्याले गर्दा भने किसान लाई समस्या भएको उनिहरुको भनाई छ । किसानले अगुवा धान, कोदो, बोडी, सिमि, बदाम लगाउतका बालि भित्राउन सुरु गरेका छन् ।


