धनकुटामा पनि भब्य रुपमा मनाईयो नयाँ बर्ष, ३ जना अभिनन्दित
धनकुटा । नेपाल संवत् १९३९ शुरु भएका उपलक्षमा धनकुटाको नेवारी समदुालयले पनि देशभर झैं नयाँ बर्षको शुभकामना तथा उत्सव मनाएको छ ।
हरेक बर्ष झैं यो बर्ष पनि धनकुटाम नेवारी परम्परा अनुसार न्हुदँया भिन्तुना (नयाँ बर्षको शुभकामना) बिभिन्न कार्यक्रम गरेर मनाएको छ । उत्सव र कार्यक्रमका लागि धनकुटाका सडकमा रहेका घरका पेटी र बजार सयपत्री फूल सहितको घडा र तोरणहरुले रंगिएका छन् ।
हरेक बर्ष नेवारी बाहुल्य टोल वा समुदायले आयोजना गर्ने गरेको छ । यो पटकको भिन्तुना कार्यक्रम माथिल्लो कोचे टोल बस्तिले आयोजना गरेको पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

नेवाः देः दबु धनपा ७ श्रीवानीको कार्यालयमा नगरका मेयर चिन्तन तामाङ्गको हातबाट टिका ग्रहण पछि नयाँ बर्ष तथा भिन्तुनाको उत्घाटन तथा उत्सव शुरु भएको थियो । उद्घाटन कार्यक्रम पछि नेवारी भेषभुषा र संस्कृतिमा शुरु भएको साँस्कृतिक झाँकी धनपा ५ स्थित बिहिबारे हटियामा भोज र अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो ।
नेवाः देः दबुका जिल्ला अध्यक्ष श्री कृष्ण प्रधानको अध्यक्षतासम्पन्न उक्त कार्यक्रममा संस्थाले समुदायलाई योगदान पु¥याउने ३ जना ब्यक्तित्वहरुलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा डि.आर्य.जी.दिनेश आमत्य, जेष्ठ नागरीकद्वय केदार भगत श्रेष्ठ र मथुरा आमत्यलाइ सम्मान गरिएको थियो ।
संस्थाका कृन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी नविन किशोर शाक्य,आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राई लगाएतले उहाँहरुलाई अभिनन्दन गर्नुभएको थियो ।

यो नेपाल संवत् संवत् शंखधर साख्वाले तात्कालिन समयमा नेपाली जनताहरुलाई साहु÷माहजनबाट ऋण मुक्त गराएको सम्झनामा शुरु भएको ईतिहास छ ।


