धनकुटाको सागुरिगढिमा पुरुष तथा महिला भलिवल प्रतियोगिता शूरु
धनकुटा । धनकुटाको सागुरिगढि गाउँपालिकामा आजवाट खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता शूरु भएको छ ।
नवप्रतिभा समाज कल्याण संस्थाको आयोजना तथा वडा खेलकुद बिकास समिति सागुरीगढी ८ को प्रायोजनमा सञ्चालित प्रतियोगिताको उद्घाटन ८ नं वडाध्यक्ष विनय राईको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच गरिएको हो ।
प्रतियोगितामा महिला तर्फको उद्घाटन खेलमा आस्कोटलाई सोझो सेटले हराउदै लुखाले जित निकालेको छ भने पुरुष तर्फ सागुरिगढि ७ खरबनिलाई हराउदै शहिदभुमि १ धापले जित निकालेको छ । प्रतियोगितामा महिला ४ टिमले सहभागिता जनाएको क्लबका अध्यक्ष सुमन राईले वताउनुभयो ।

पुरुष तर्फ भने जम्मा १२ टिमले सहभागीता जनाएकोछ । प्रतियोगिताको प्रथम हुनेलाई ३० हजार, ट्रफि मेडल प्रमाण पत्र र दोस्रो हुनेलाई १५ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै आजै भएको नृत्य प्रतियोगितामा सागुरिगढि ८ सिङकुलाका सोनु राई प्रथम हुनुभएको छ भने सोही वडाका रितिका राई दोस्रो हुनुभएको छ ।
नृत्यमा प्रथम हुनेलाई नगद १ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र र दोस्रो हुनेलाई नगद ५ सय सहित मेडल र प्रमाणपत्र प्रदान गरिएकोछ । प्रतियोगितामा लुडो, चेस , सटफुट लगायतको खेलहरु समेत हुने आयोजकले जनाएको स्थानिय पदम राईले जानकारी दिनुभयो । (फाईल फोटो)


