दशैं-तिहार सकिएसंगै धनकुटामा मंसिरे धान भित्र्याउन चटारो
धनकुटा । दशै-तिहार सकिए संगै धनकुटाका किसान मंसिरे धान भित्राउन सुरु गरेका छन् ।
किसानले दशै तिहारको समयमा पाक्ने अगुवा धान काट्ने सुकाउने र थन्काउन काम तिहार अघि नै सके पनि अहिले भने मंसिरे धानको चटारो धमाधम सुरु भएको छ ।
दशै तिहार सकेर धान भित्राउन सुरु गर्ने किसान यो बर्ष दशै तिहार पछि भएकोले दशै तिहारको बिचैमा पाकेको धान भने तिहार अघि नै भित्राएको बताउछन् । धनकुटाको करिब ७ हजार ८ सय २० हेक्टर क्षेत्रफलमा मंसिरे धान खेति हुने गरेको तथ्याङ्गक छ ।
धनकुटाको बोधे, लेगुवा, बेलाहारा, मारेकटहरे, सान्ने, तेलिया, तांखुवा र जीतपुर लगाएतका स्थानमा धान खेति हुने गरेका छ । यी क्षेत्रमा स्थानिय र उन्नत लगायतका जातको धान खेति गरिदै आएको छ । धानले धनकुटाको कुल खाद्यान्नमा ४० प्रतिशत योगदान पु¥याउँदै आएको छ । धनकुटामा चैते र असारे धान खेति हुने गरेको छ ।


