धनकुटाका अधिकांस किसान परम्परागत माहुरी पालनमै अल्झिन बाध्य

धनकुटा खबर । धनकुटाको धरै जसो स्थान माहुरी पालनका लागि उपयुक्त स्थान मानिन्छन् तर पनि यहाँका किसान व्यावसायीक भने बन्न सकेका छैन्न ।

धनकुटाको छथरजोरपाटी गाउँपालिकाका ४ का बेगबहादुर थापाको घर वरीपरि माहुरीका घार छन् त्यसमा एउटा पनि आधुनिक घार भने छैनन् यद्यपी उनिजस्ता धेरै किसान छन् जस्ले परम्परागत प्रविधिबाटै गुणस्तरिय मह उत्पादन र बिक्रि आम्दानी भने गर्ने गरेका छन् । तर पछिल्लो समयमा भने स्थानिय जातका माहुरीले मह उत्पादन ज्यादै कम गर्न थालेको किसान बताउछन् ।

बेगबहादुर थापा भन्छन् पहिलाको जस्तो मह बनाउन माहुरीले छोडेका छन् । अर्का स्थानिय चन्द्रप्रसाद पराजुली भने मह उत्पादन घट्नु मानविय र किसानले परम्परागत माहुरी पालनको भएको बताए । घार एवम मौरीको ब्यबस्था गरेपछि यस ब्यबशायकालागि खासै ठूलो रकम नछुट्याए पनि हुन्छ तर हामी अझै परम्परागत माहुरी पालनमा छै त्यसैले पनि मह उत्पादन भने घट्दै गएको कृषक नारायण बराल बताउछन् ।

धनकुटामा बार्षिक रुपमा उत्पादन हुने १४ मेट्रिकटन महका लागि बजारको समस्या छैन् । तर मह र माहुरीपालनमै ब्यवसायीक संभावना देखेर पनि परम्परागत प्रविधिमै अल्झिन बाध्य किसानलाई ब्यबशायीक बनाउन थप सरकारी सहयोगको भने खाँचो छ ।

यस ब्यवसायको विकासका लागि सरकारी क्षेत्रबाट उपयूक्त प्रविधि, औजार, तालिम र माहुरी स्रोतकेन्द्र अभावमा किसानहरु ब्यबशायीक बन्न सकिरहेका छैनन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।