भाँचियो मागिमानको दाँत !
धनकुटा खबर । कहिले नभाँचिएको मागिमान लिम्बूको दाँत भाँचिएको छ ।
साँगुरीगढी गाउँपालिका वडा नं.४ निवासी ६० बर्षिया लिम्बूको दाँत यो पटक आफ्नो खेतमा लगाएको उखु खाँदा अचानक भाँचिए । ‘पानमारे उखुले दाँत नै भाचि गो’–उनी आफ्नै लवजमा भन्छन् ।
धनकुटाको तमोर नदी र लेउती खोला बीचको लावबरबोटे गाउँ सम्भवत नेपालकै ज्ञमरा जातको उखु खेती हुने ठाउँ हो । यस गाउँमा प्राय सबैजसो किसानहरुले यो उखु लाउने गर्दछन् । गाउँ छेउमा नै रहेको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड स्थित मुलघाट पुल क्षेत्र यो उखु बेच्ने मुख्य बजार हो ।
करिव ५० रोपनी क्षेत्रफलमा यहाँ उत्पादित उखु यात्रुहूलाई बेच्न बर्षको बाह्रे महिना सडक किनारमा महिलाहरु तँछाडमछाड गरिरहेका हुन्छन् । नदी किनारमा रहेको श–सस्त्र प्रहरी चेक पोष्टले यहाँको उखु ब्यपारलाई थप सहयोग गरेको देखिन्छ ।

चेक पोष्टमा सवारी रोकिएको बेला करी १ दर्जन महिलाहरु यहाँ उखु बेच्न प्रतिष्प्रधा गरेको जो कसैले देख्न सकिन्छन । यहाँ उत्पादित उखुका कारण यहाँका दर्जनौ परिपारको जिवीको पार्जनमा टेवा पुगेको छ ।
चिनी उत्पादन नहुने तर चपाएर खान अति स्वादिलो ज्ञमरा जातको रातो उखु चपाउन पनि उतिकै नरम हुन्छ । त्यसैले यहाँको उखु तराई र पहाडतिर यात्रा गर्नेहरुले कोसेलीको रुपमा लिएर जाने गर्छन् । तर बर्षौ देखि ज्ञमरा जातको उखु लगाएको यहाँको माटोमा अम्लियपन बढेपछि ज्ञमरा जातको उखु हुन छाड्यो ।
प्राबिधिकको सल्लाहमा उक्त ठाउँमा फरक जातको उखु लगाउनु पर्ने भयो । सोहि अनुरुप अहिले लावरबोटे गाउँमा ज्ञमरा जातको ठाउँमा उस्तै देखिने पानमारे उखु लगाईएको छ । यो उखु ज्ञमरा जातको उखु भन्दा कम गुलीयो र चपाउन वा टोक्न निकै सारो छ ।
यहि उखु चाख्ने क्रममा मागिमानका तल्ला केहि दाँतहरु भाँचिएका हुन् । कम गुणस्तरको भएपछि अहिले यहाँ उत्पादित उखु समेत पहिलाको तुलनामा कम बिक्ने गरेको उनले बताए ।


