कस्ले पाए सर्वाधिक भोट ?, को-को भए सुरक्षित ? – हेर्नुहोस् आजको नेपाल आईडल
काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले अन्तिम अन्तिम चरमा आईपुगेको छ। आज नेपाल आईडल टप ८ मा आईपुगेको छ।
आज तिनै प्रतिपर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन्। हिजो लोकगीत मय बनेको नेपाल आईडल आज पनि निकै रोचक देखिएको छ। आज एक जना प्रतिस्पर्धी बाहिरिने छन् भने निलिमा थापा भने अस्वस्थताका कारण आजको प्रतिस्पर्धामा उपस्थित हुने छैनन्।
एपिवान टेलिभिजनमा संचालन भएको उक्त कार्यक्रमको दोश्रो शृङ्खला पनि सोही टेलिभिजनबाट भइरहेको छ। “नेपाल आईडल २” गायक न्ह्यु बज्राचार्य, कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले जर्जको भूमिका निर्वाह गरिरहेका छन् भने कार्यक्रमको संचालन नायिका रीमा बिश्वकर्मा र नायक आशिफ शाहले गरिरहेका छन्। कस्ले पाए सर्वाधिक भोट ?, को-को भए सुरक्षित ? – हेर्नुहोस् आजको नेपाल आईडल


