क्रिसल कँडेल लोक दोहोरीमा चिप्लिदा आउट, जजको गीत सुनाएर यसरी हसाए – हेर्नुहोस् भिडियो
काठमाडौं । नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन्।
‘म हाँरेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु। नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’, बाहिरिने क्रममा नेपाल आईडलको स्टेजमा सो कुरा बताएका थिए।
क्रिसलले आफू इलिमेट भएको सुन्नासाथ व्यक्त गरेको यो भनाइले सबैको आँखा रसाएका थिए। प्रतियोगिता भएकाले एकले जित्न अर्कोले हार्नैपनै नियम हुन्छ। यही नियम पछ्याउँदै कँडेल आइडलबाट बाहिरिए।

जीवनभर गीतसंगीतमै लाग्ने प्रण गर्दै आगामी दिनमा अझ बढी मेहनत गर्ने वाचा गरे उनले । नेपाल आइडलजस्तो राम्रो प्लेटफर्म पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झँदै उनले नेपाल आइडल कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए। हेर्नुहोस् – क्रिसल कँडेल लोक दोहोरीमा चिप्लिदा आउट, जजको गीत सुनाएर यसरी हसाए – भिडियो


